मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

गुल्मी, २० माघ । मेरुदण्ड भाँचिएर आर्थिक अवस्था कमजोर भएपछि लामो समयदेखि विस्तारामा छट्पटाएकी गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ भाँझकटेरीकी खगिश्वरा भुसाललाई मदाने सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ ।

भुसालको उपचारमा आर्थिक अभावबारे समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण भएपछि रोजगारीका लागि मदानेबाट जापानमा रहेका बाबुराम भुसाल, रमेश भुसाल र टिकु विप्लवको पहलमा सहयोग रकम संकलन गरेका थिए । मदाने सेवा समाज जापानबाट रमेश भुसालले ७८ हजार ४ सय ४ रुपैयाँ संकलन गरी संचारकर्मी मनोज कार्कीको खातामा पठाएका थिए । जापानबाट संकलन गरी पठाएको रकम संचारकर्मी कार्कीले सोमबार भुसालकै घरमै पुगेर श्रीमान् देवीराम भुसाललाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम लिदैं देवीराम भुसालले उपचारको लागि सहयोग गर्ने आशा अपांग केन्द्र गुल्मीकी कार्यालय प्रमुख गंगा रायमाझी, पत्रकार लगाएत आर्थिक सहयोग गर्ने दाता सबैलाई धन्यवाद दिएका थिए । श्रीमतीको स्वास्थ्यमा पहिलेको तुलनामा केही सुधार भएको र संकलन भएको रकमले उनलाई थप उपचार गर्ने भुसालले बताए । भुसालको उपचारको लागि झण्डै २ लाख रकम संकलन भएको परिवारले जानाकारी दिएका छन् । २०७७ साल भाद्र २१ गते रागोँले लखेटेपछि भिरबाट लडेर खगिश्वराको मेरुदण्ड भाँचिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ