मदाने गाउँपालिकाले टुङ्ग्यायाे केन्द्र

हुमाकान्त पाेखरेल
गुल्मी, १० असार । : गुल्मीको मदाने गाउँपालिकाले गाउँपालिकाकाे केन्द्र टुङ्गाएकाे छ । बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका ६ छिर्नेमा गाउँपालिकाकाे कार्यालय बनाउने निर्णय सर्वसम्मत पारित गरेकाे हाे । स्थानीय तहकाे निर्वाचन भएकाे लामाे समयसम्म पनि केन्द्र नटुङ्ग्याउदा अालाेचना भएपछि मदानेले बुधबार गाउँसभाबाटै केन्द्र टुंगो लगाएकाे गाउँपालिकाका सुचना अधिकारी ऋषि पाेखरेलले जानकारी दिनुभयाे।

गाउँपालिकाकाे भवन बनाउनकाे लागि यसभन्दा अगाडि नै पाँच राेपनी जग्गा प्राप्त भइसकेकाे छ । अहिले थप पाँच राेपनी गरी कुल १० राेपनी जग्गा भवन बनाउन निशुल्क प्राप्त भएकाे छ । गाउँपालिकाकाे प्रशासकीय भवन बनाउनकाे लागि गाउँसभाबाट एक कराेड ५० लाख रकम समेत बिनियनाेजन गरिएकाे छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमकाे लागि पहल गरि भवन निर्माण गर्ने याेजना रहेकाे गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयाे ।

याे सँगै जिल्लाका १२ स्थानीय तहहरूमध्ये १० वटा स्थानीय तहकाे केन्द्र टुंगिएकाे छ । तर इस्मा गाउँपालिका र मालिका गाउँपालिकाकाे केन्द्र भने अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ