मदानेले महिला स्वास्थ्य स्वंमसेविकाको सेवा-सुविधाको रकम नदिएपछि ध्यानाकर्षण

विवश विष्ट
गुल्मी, ०४ गुल्मी । मदाने गाउँपालिकाले स्वास्थ्य स्वंमसेविकाको सेवा सुविधाका लागि विनियोजित रकम प्रदान नगरेपछि ध्यानाकर्षण गरिएको छ । मंगलबार नेकपा एमालेले एक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो ।

महिला स्वास्थ्य स्वंमसेविकाको लागि अार्थिक बर्ष २०७८/७९ को लागि विनियोजित रकम रु ४ लाख ७४ हजार पाँच सय रुपैँया आ.व समापन भइ ३ महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । साथै आर्थिक बर्ष २०७९/८० को केही महिना बितिसक्दा पनि रकम प्रदान गरिएको छैन ।

स्वास्थ्य स्वंमसेविकाको रकम के कारण रोकिएको छ ? भन्दै नेकपा एमालेले आज ध्यानाकर्षण गराएको हो । साथै महिला स्वास्थ्य स्वंमसेविकाले पाउने सेवा सुविधा यथासिघ्र प्रदान गर्नुपर्ने माग राख्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो । विनियोजित बजेट रकम गाउँसभाबाट पारित भएतापनि बजेट एक कर्मचारीले इन्ट्री गर्न नसक्दा फ्रिज हुन गएको र पालिकाले हस्तान्तरण गर्न नसकेको कुरा स्वास्थ्य स्वंमसेविकालाई बताइएको एक महिला स्वास्थ्य स्वंमसेवसकाले बताइन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D