gulminews logo
मंगलवार, २०८० चैत्र ६

मदानेमा २१ लाखको लागतमा निर्माण अपाङ्ग भवनको उद्घाटन, २९ औं अपाङ्ग दिवसको अवसरमा गरियो अन्तरक्रिया

विवश विष्ट,
गुल्मी,१८ मंसिर । गुल्मीको मदाने गाउँपालिकामा अपाङ्ग भवनको उद्घाटन तथा अन्तरक्रिया गरिएको छ । २९ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारि अपाङ्ग भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

“कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्ग भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने नारा सहित २९ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवश विश्व भर मनाइएको छ । यसै अवसर पारि मदाने गाउँपालिकामा स्थापना भएको प्रगतिशील अपाङ्ग समाजले अपाङ्ग भवन तथा अपाङ्गका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रगतिशील अपाङ्ग समाज केन्द्रीय कार्यालय गुल्मीका अध्यक्ष विष्णु कुवर पौडेलको अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसि रहनुभएको थियो । त्यसगरी कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, एसआरडिसिका प्रमुख शालिकराम तिमिल्सिना लगायतका अपाङ्ग समितिका प्रतिनिधि, वडा अध्यक्षहरु लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष दान बहादुर केसिले अपाङ्ग भवनको उद्घाटन गर्नुभएको थियोे । गुल्मीका स्थानियतहमा यसरी पहिलो पटक मदाने गाउँपालिकामा अपाङ्ग भवन उद्घाटन गरिएको बताइएको छ ।

जेष्ठ नागरिक मन्त्रालयबाट ८ लाख र ५ लाख, गाउँपालिकाबाट ९ लाख गरि २१ लाख रकम लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । स्थानिय स्तरमा रहेका अपाङ्ग भएका व्यक्तिहरुको हकहित तथा अधिकार सुनिश्चितता काम गरिरहेको प्रगतिशिल अपाङ्ग समाजका अध्यक्ष विष्णु कुवरले बताउनुभयो । मदानेमा विगत २ बर्ष देखि प्रत्येक महिनाको २५ गते अपाङ्ग समितिको बैठक बसि अपाङ्ग परिचय पत्र वितरण गरेको भएता पनि पछिल्लो समयमा कोभिडका कारण परिचय पत्र वितरण गर्न नसकिएको अध्यक्ष कुवरले बताउनु भयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D