gulminews logo
मंगलवार, २०८१ बैशाख ११

मदानेमा सकृय अभियन्ताहरुबाट राहत बितरण

अनिल खत्री
जेठ २० गुल्मी। गुल्मीको मदाने गाउँपालिकाका केही समाजसेबी तथा अभियन्ताहरुबाट राहत बितरण सम्पन्न भएको छ। विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको काेभिड -१९ महामारीको कारण जारी निषेधाज्ञाकाे समयमा मदाने गा.पा. वडा न – ६ पुर्काेट दहमा रहेका केही अति गरिब, विपन्न र असाहय घरपरिवारलाई छनोट गरि राहत प्रदान गरिएको हो ।

पुर्काेट दह घर भई कामको सिलसिलामा विभिन्न देशविदेशमा रहनुहुने युवा दाजुभाइ हरूकाे पहल मा करिब 1 लाख 50 हजार बराबरको रकम संकलन गरि ४९ घरलाई चामल,नुन,तेल,दाल दिईएको छ । जसका कारण झन्डै २०० जना लाभान्वित भएका हुन आवश्यकता र परिवार संख्याकाे आधारमा राहत बितरण गरिएको बताईएको छ। स्थानिय रुपमा रहनु भएका अभियानता महेश कुवंर एवंम ” पराेपकारी मनहरू पुर्काेट दह” नामक म्यासेन्जर ग्रुपमा जोडिएर आफू सक्दो रकम प्राप्त भएको हो । सम्पूर्ण दाता तथा शुभेच्छुकहरू प्रती धन्यवाद प्रकट गरिएको छ।

अभियानका रुपमा खटिने ,तथ्यांक संकलन गर्ने ,घरपरिवार पहिचान ,खाध्यान्न ब्यवस्थापन र हस्तान्तरणमा स्थानिय माेहन कुवंर,शुरेस कुवंर , नबराज कुवंरर दामोदर पाैंडेल ,भिम कुवंर लगाएतका अन्य ब्यक्ति रहनु भएको हो। राहत बितरण जेठ 16 गते र 18 गते गरि 2 चरणमा सम्पन्न गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D