विवश विष्ट
गुल्मी, १८ माघ। मदाने गाउँपालिकामा तिन दिने कृषक तालिम संचालन भएको छ । मदाने सामुदायिक स्वास्थ केन्द्र बाझकटेरी गुल्मीको आयोजनामा संचालन भएको तिनदिने तालिम शनिबार देखि सुरु भएको हो ।

मदाने सामुदायिक स्वास्थ केन्द्र, मदाने २ बाझँकटेरी गुल्मीको आयोजना तथा नेपाल हेल्प, बसुन्धारा काठमाडौको प्रायोजकमा संचालन भएको तालिममा मदाने गाउँ पालिकाका २२ जना स्थानिय अगुवा कृषकहरु सहभागी छन ।
मदाने सामुदायिक स्वास्थ केन्द्रको सभाहलमा भैरहेको तालिममा अगुवा कृषकहरुलाई कृषि तथा पशुपालन सँग सम्बन्धित विभिन्न विषयमा तालिम दिइने कार्यक्रम संयोजक राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।
तालिमको समुद्घाटन कार्यक्रममा नेपाल हेल्प गुल्मीका कार्यकारी प्रमुख कृष्ण ढकालको अध्यक्षता तथा प्रमुख अतिथिमा नेपाल हेल्पका डा.हेमन्त ठाकुर, मदाने कृषि शाखा प्रमुख हुम बहादुर थापा,कृषि अधिकृत गंगा राई, कृषक समूह मदाने गाउँपालिका अध्यक्ष राजेन्द्र बिष्ट, पशु प्राविधिक विष्णु बहादुर कुवर लगायतको उपस्थित रहेको थियो । तालिमको समुद्घाटन कार्यक्रममा यमलाल भुषालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समुहमा आवद्ध भएका करिब १००० कृषकहरुलाई मौशम अनुसारको बिऊ पल प्रदान गरिने बताईएको छ । साथै तालिममा सहभागी भएका कृषकहरुलाई आवश्यक आधारभुत कुराहरु जानकारी दिई आवश्यक आधारभुत कृषि औजारहरु उपलब्ध गराउने बताइएको छ ।