मदानेमा वाइसिएल र अनेरास्ववियू (क्रान्तिकारी) को कमिटी गठन

गुल्मी, ०३ असौज । मदाने गाउँपालिकामा नेकपा माओवादी केन्द्रनिकट युवाहरुको संगठन वाइ.सि.एल. र विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को गठन गरिएको छ ।

शनिबार वडा नम्बर ४ म्यालपोखरीमा सम्पन्न भेलाले खिम बहादुर केसीको अध्यक्षमा ५१ सदस्यिय वाइ.सि.एल. को गठन गरेको हो । जसको उपाध्यक्षमा लालमणी भुषाल, समशेर कुँवर र सुवास केसी, सचिवमा कमिल केसी, सह–सचिवमा कृष्ण सेन र प्रकाश तथा कोषाध्यक्षमा खिमा केसी लगायत अन्य सदस्य रहेका छन् ।

भेलाले शिशिर भण्डारीको संयोजकत्वमा ४१ सदस्यिय अनेरास्ववियू (क्रान्तिकारी) मदाने गाउँ कमिटीको गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले पार्टीका पछिल्ला गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । त्यसका साथै उनले गाउँपालिकाले गरेका अनियमितताको बिषयमा नागरिकलाई सचेतना फैलाउने, आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने लगायतका बिषयमा पार्टीको धारणा राखेका थिए ।

नेता जिसीले केपी ओलीले बाम एकतालाई रहन नदिएकोले सबैले बाम एकतालाई पहल गर्नुपर्ने पनि धारणा राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मदाने गाउँपालिकाका इन्चार्ज वेगम चन्दको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै वाइ.सि.एल. नेपालका केन्द्रिय सदस्य नारायण चन्द, जिल्ला संयोजक अशोक श्रेष्ठ लगायतको उपस्थिति रहेको अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला संयोजक भरत चन्दले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ