Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मदानेमा कोरोना नियन्त्रण र रोकथाममा साढे ५६ लाख खर्च, राहत वितरणमै झण्डै ५० लाख - Gulminews

मदानेमा कोरोना नियन्त्रण र रोकथाममा साढे ५६ लाख खर्च, राहत वितरणमै झण्डै ५० लाख

टोपलाल अर्याल
गुल्मी, १५ जेठ । मदाने गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि अहिलेसम्म करिव साढे ५६ लाख खर्च गरेको छ । गाउँपालिकाले राहत, क्वारेन्टाइन निर्माण तथा व्यावस्थापन, औषधी उपचार र मजदुरको उद्धारमा ५६ लाख ४८ हजार चार सय ६० रुपैयाँ खर्च गरेको सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए ।

सवैभन्दा बढि रकम राहत वितरणमा खर्च भएको छ । गाउँपालिकाका सात वडामा दुई चरणमा राहत वितरण गर्दा ४९ लाख ८८ हजार नौ सय १० रुयैयाँ खर्च भएको पोख्रेलले बताए । गाउँपालिकाले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो नुन, एक किलो चिनी, दुई लिटर तेल र चार वटा सावुन वितरण गरेको थियो । उनले पहिलो चरणमा आठ सय १७ र दोस्रो चरणमा १३ सय २७ गरेर २१ सय ४४ बिपन्न परिवारलाई राहत वितरण गरिएको बताए । जसबाट नौ हजार ४६ जना लाभाम्बित भएका छन् ।

त्यस्तै क्वारेन्टाइन निर्माण र व्यावस्थापनमा करिव चार लाख खर्च भएको छ । क्वारेन्टाइन निर्माणमा तीन लाख ५५ हजार दुई सय ५० र व्यावस्थापनमा ४१ हजार अहिलेसम्म खर्च गरिएको छ । गाउँपालिकाले नौ बिद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनका लागि आवश्यक वेड, ब्लाङकेट, सिरक डसना, तन्ना, सिरानी, प्रिफम र खाट निर्माण तथा खरिद गर्न र बसेकाहरुको खानाका लागि रकम खर्च भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

साथै स्वास्थ्य सामग्री खरिदमा पनि मदाने गाउँपालिकाले २१ लाख तीन हजार तीन सय खर्च गरेको छ । पिपिई खरिदमा ६२ हजार पाँच सय, थर्मल गन खरिदमा ६५ हजार, सेनिटाइजर खरिदमा ४५ हजार, मास्क खरिदमा ३० हजार र पंजा खरिदमा १० हजार आठ सय खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भने मजदुरहरुको उद्धार गर्दा ७० हजार खर्च भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D