मदानेमा किशोरीहरुलाई खुवाइयो आइरन र फोलिक एसिड, पालिकास्तरिय अभिमुखिकरण सम्पन्न

विवश विष्ट
गुल्मी, १९ माघ । मदानेमा किशोरीहरुका लागि आइरन र फोलिक एसिड सम्बन्धि पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मदाने गाउँपालिका स्वास्थ्य शाखा पुर्कोट दह गुल्मीको आयोजना तथा एकीकृत ग्रामिण विकास समाज र सुआहाराकोको प्राविधिक सहयोगमा आईतबार सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम भन्ने मुल उदेश्यका साथ आइतबार पालिकाका विभिन्न विद्यालयहरुमा सो कार्यक्रम गरिएको छ ।

मदाने गाउँपालिका भित्र रहेका १० बर्षदेखी २० बर्ष सम्मका किशोरीहरुलाई आइरन र फोलिड एसिड प्रदान गरिएको छ । विद्यालय गएका किशोरीहरु र स्कुलमा छुटेका सम्पुर्ण किशोरीहरुलाई महिला स्वास्थ्य स्वयंसेबिका मार्फत प्रदान गरिएको छ । यो लगातार १३ हप्ता सम्म प्रदान गरिनेछ र १३ हप्ता छोडेर फेरि १३ हप्ता खुवाइने सुआहारा कर्मचारी मोहन भुषालले जानकारी दिए ।

सो कार्यक्रमको आज पहिलो दिन अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सुरु गरिएको छ । साथै मदाने वडा न ३ सिर्सेनिमा वडा अध्यक्ष नारायण घर्ती बाट अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको छ । साथमा सुआहारा कर्मचारी मोहन भुषाल र हेपो इन्चार्ज रन्जित कुमार यादबको उपस्थितमा वडा न ३ सिर्सेनीमा कार्यक्रम गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ