gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मदानेमा एमालेको मनोनयन, प्रमुखको उम्मेदवारमा के.सी

गुल्मी, १२ बैशाख । मदाने गाउँपालिकामा गाउँपालिकाका सवै पदमा एमालेले मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेको तर्फबाट गाउँपालिका प्रमुखमा प्रेम केसी, उपप्रमुखमा सरिता खड्काले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडा नं १ को वडाध्यक्षमा प्रेम चन्द बोहोरा, वडा नं २ मा माधव प्रसाद भुसाल, वडा नं ३ मा इश्वर जिसी, वडा नं ४ मा भिम प्रसाद भटराई, वडा नं ५ मा हिमाल खड्का, वडा नं ६ मा लोक बहादुर कुवंर, वडा नं ७ मा ओम बहादुर केसी लगात सवै पदनमा मनोनयन गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मदाने सहइन्चार्ज खिम खड्काले जानकारी दिए ।

मनोनयनपछिको सभालाई एमाले केन्द्रिय सचिव गोकर्ण बिष्ट, केन्द्रिय सदस्य दिनेश पन्थी लगायत जिल्ला स्तरिय नेता दान बहादुर केसी, थम्मन जिसी, तोकम कुवंर, दल बहादुर केसी लगायतले संबोधन गरेका छन् । सभालाई संबोधन गर्दै बिष्टले मदानेमा एमालेले जित्दा भएका काम नागरिकको बिचमा छर्लङ्ग भएकाले अधुरा र नयाँ कामको लागि फेरिपनि एमालेका सवै उमेदवारलाई मतदान गर्न आग्रह गरे । उनले पहिलेको बिकट अहिले निकट बनाउने काम एमाले र एमालेबाट निर्वाचित उमेदवारहरुले बनाएकाले ढुक्क भएर विकास र समृद्धिको पक्षमा एमालेलाई भोट हाल्न सवै नागरिकलाई बिष्टले अनुरोध गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D