मदानेका महिला स्वास्थ्य स्वयंसेविकाबिच अभिमुखिकरण कार्यक्रम सम्पन्न

विवश विष्ट
गुल्मी, ०३ फागुन । गुल्मीको मदाने गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुबिच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि किशोरी आइरन तथा फोलिक एसिड विषयमा दिइएको तालिम अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

मदाने गाउँपालिकाका ७ वटै वडाहरुमा उपस्थित भई फरकफरक दिन ताफिम प्रदान गरिएको थियो । मदाने गाउँपालिकाका ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १/१ दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

प्रशिक्षकको रुपमा मदाने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिर्थराज पन्थी, सुआहारा मदाने गाउँपालिका स्तरीय पोषण सहजकर्ता मोहन भुसाल लगायतले प्रशिक्षण दिनु भएको थियो । अभिमुखीकरण तथा तालिम कार्यक्रमबाट स्वास्थ्य स्वयं सेविकालाई स्वास्थ्यसँग तथा किशोरी आइरन तथा फोलिक एसिडसँग सम्बन्धित कुराहरु जानकारी दिइएको सहजकर्ता मोहन भुषालले जानकारी दिनुभयो ।

१० बर्ष देखि १९ बर्षसम्मका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने अभियान चलाइएको बताइएको छ । २२ गतेदेखी सुर भएको सो अभिमुखिकरण कार्यक्रम शुक्रबार मदाने ३ सिर्सेनीमा गरि सम्पन्न गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ