Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मदानेका महिला सहकारीलाई सहकारी व्यावस्थापन तालिम - Gulminews

मदानेका महिला सहकारीलाई सहकारी व्यावस्थापन तालिम

गुल्मी, २९ कार्तिक । मदाने गाउँपालिकाका सहकारीहरुलाई सहकारी व्यावस्थापन तालिम प्रदान गरिएको छ । सामाजिक जागरण तथा विकास अभियानको आयोजनामा सहकारीका अध्यक्ष, सचिव, कोषाध्यक्ष र व्यावस्थापकलाई तालिम प्रदान गरिएको हो । तालिमको लागि मदाने गाउँपालिका र हेफर इन्टरनेशनलले आर्थिक सहयोग गरेका थिए ।

चार दिनसम्म संचालन गरिएको तालिममा सहकारी व्यावस्थापन अन्तरगत चारखाता, सहकारी ऐन, आर्थिक नियमावली र नेतृत्व विकासका बिषयवस्तुमा जानकारी दिइएको सामाजिक जागरण तथा विकास अभियानका कार्यक्रम संयोजक बसन्त भलामीले जानकारी दिए । हेफर इन्टरनेशलन नेपालका कार्यक्रम अधिकृत बिष्णु पाण्डेयले तालिममा सहभागीहरुलाई सकजीकरण गरेका थिए ।

०७६ सालदेखि मदाने गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक जागरण तथा विकास अभियान गुल्मी मार्फत सामुदायिक विकास लागि बाख्रा उद्यम परियोजना संचालन गरिएको संस्थाका अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिए । उनले परियोजना सकिएपछि पनि सामाजिक परिचालनको कामलाई निरन्तरता दिन सहकारीहरुलाई अब्बल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।

तालिमको समापन गर्दै मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना मार्फत गाउँ–गाउँमा पशुपालन र महिला सशशतीकरणको क्षेत्रमा नविनतम कामहरु भइरहेको बताइन् । ‘हिजो बोल्न नसक्ने र एक रुपैयाँ बचत नगर्ने दिदिबहिनीहरु पनि अहिले बोल्ने र बचत गर्ने भएका छन्,’उनले भनिन,‘सहकारी र समुहमा आवद्ध महिला दिदिबहिनीमा आएको उर्जा गाउँपालिकाले कायम राख्नुपर्छ ।’ उनले तालिममा सिकेका कुरा व्यावहारमा लागु गरेर आफुसंगै सहकारी र समुदायलाई आर्थिक उर्पाजनको बाटोमा अगाडी बढाउन सहभागीलाई आग्रह गरिन् ।

नमुना कषि तथा पशु विकास महिला सहकारी संस्था मदाने ४, सिर्सेनी कषि तथा पशु विकास महिला सहकारी संस्था वडा नं ३, दिदि बहिनी कषि तथा पशु विकास महिला सहकारी संस्था वडा नं ७, मालिका साना किसान सहकारी संस्था वडा नं २ सहित मलायगिरी तथा अग्लुङगको सहकारीका संचालन तथा व्यावस्थापकलाई समेत तालिममा सहभागी गराइएको संस्थाका लेखापाल बसन्त खत्रीले बताए । मदाने गाउँपालिका भित्रका २२ सय घरघुरी परियोजनासंग आवद्ध भएका छन् ।

अव समुह सहकारीले बजारीकरणको काम पनि गर्नेछन् । उनीहरुलाई सशक्तmीकरण, बिउ मल, औजार र सामाजिक परिचालनका बिषयमा सहजीकरण संस्थाको तर्फबाट गरिने लेखापाल खत्रीले जानकारी दिए । सर्सेनी कषि तथा पशु विकास महिला सहकारी संस्थाका अध्यक्ष खिमा गिरीले परियोजनाले आफुहरुलाई व्यावसायीक उर्जा भरेकोमा खुसी व्यक्त गरिन् । परियोजनाले समुहमा आवद्ध हुने, बचत गर्ने, सोच परिवर्तन गर्ने तथा तालिम र शसक्तीकरण मार्फत आर्थिक उर्पाजनमा टेवा पुराएको गिरीको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D