gulminews logo
बुधबार, २०८१ बैशाख १२

मकै जोन गुल्मीले कृषकलाई साना मेशिनरी औजार बितरण

अनिल खत्री
५ साउन, गुल्मी । कृषिमा आधुनिकरण ल्याउन गुल्मीमा कृषकलाई कृषि काममा प्रयोज हुने मेसिनरी औजार बितरण गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन लागु भएपश्चात जिल्लामा मकै खेतीको बिस्तार गर्न कृषि सामाग्रहरु बितरण गरिएको हो ।

जिल्लामा मकै जोन लागु भएका स्थानीय तहमा रहेका कृषकलाई व्यवहारिक मुखि कृषिलाई व्यवसायिक मुखि कृषि बनाउनको लागि भन्दै कृषकले प्रयोजका लागि आबश्यक पर्ने बिभिन्न औजार कृषि समुह संस्थालाई बितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागतमा २९ वटा मिनि टेलर, २ वटा कनसेलर मकै छोडाउने र २० क्याडीह्ील बितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन नारायण काफ्लेले बताए । कृषकको माग धेरै रहेकाले कोभिडका कारण ढुवानी हुन नसक्दा सबै किसानलाई बितरण गर्न नसकिएको काफ्लेले बताए ।

मकै जोन गुल्मीले कृषिलाई आधुनिकी करण गर्दै बिउ उत्पादनमा जोड दिँदै आएको छ । इस्मा गाउँपालिकाको चौरासी मा गरिएको साना मेशिनरी औजार बितरण कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिनेश पन्थी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सयुक्त रुपमा कृषकलाई सामाग्री हस्तातरण गरेका थिए ।

सामाग्री हस्तारतरण गर्दै सांसद पन्थीले कृषि क्षेत्रलाई आधुनिकरण गर्न बितरण गरिएका सामाग्रीको भरपुर प्रयोग गर्न कृषकलाई अग्रह गर्नुभयो । उहाँले सरकारलेशैलियतमा दियो भन्दैमा प्रयोग बिहिन बनाएर नफाल्न जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले कषि क्षेत्रलाई व्यवसायिक र आधुनिकिकरण गर्ने सरकारको लक्ष्य अनुसार कृषकलाई सामाग्री बितराण गरिएको बताए । जिल्लामा धेरै क्षेत्रबाट कृषकलाई सामाग्री बितरण भएपनि मर्मत नगर्ने देखिएकाले मर्मत गर्ने ठाउँ र मिस्त्री पनि व्यवस्था गर्न पराजुलीले जोड दिए ।

जिल्लामा रेसुङ्गा नगरपालिका, इस्मा, मदाने, धुर्कोट र मालिका गाउँपालिकाको १९ वटा वडामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन लागु भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीका सञ्चालनक समिति सचिव शेरबहादुर कुँवरले बताए ।

कृषि क्षेत्रलाई यान्त्रीक साधान प्रयोग गर्नाले काम गर्न सहज बनाएको कृषकहरुको भनाई छ । गाउँमा युवापुस्ताहरु नहुनुले कृषिमा यान्त्रीकरण गर्नाले कम जनशक्तीबाट काम लिन सकिएको बिभिन्न औजार लैजाने कृषकहरुको भनाई छ ।

कृषि क्षेत्रलाई अगाडी ल्याउन प्रत्येक कृषकलाई अनुदानमा हात हातमा नयाँ प्रबिधिका सामाग्रीहरु बितरण गरिए कृषि क्षेत्रमा फड्को मार्नेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D