मंसिर १४ मा गुल्मीमा वडाध्यक्षको पदमा पुन: निर्वाचन हुँदै, वडासदस्यको भने निर्वाचन नहुने

हुमाकान्त पोखरेल
गुल्मी, ३० साउन । आगामी मंसिर १४ गते हुने पुनः निर्वाचनमा गुल्मीमा एक वडाध्यक्षको पदमा निर्वाचन हुने भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ६ को रिमुवामा अध्यक्ष पदको लागि पुनः निर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
वडाका अध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले पूर्व एमालेको तर्फबाट उम्मेद्धारी दिई वडाध्यक्षको पदमा जित हाँसिल गरेका थिए । उनले ६२८ मत ल्याएका थिए भने उनको प्रतिद्धन्ति नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए । २०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अनुसार उक्त वडामा कुल एक हजार ९६७ मतदाता रहेका छन् । तर अन्तिम नामावली भने अझै प्रकाशन नभएकोले उक्त सङ्ख्यामा भने केहि हेरफेर हुनसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडासदस्य थम्मन बहादुर बस्नेतको पनि ०७४ भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्य बाहेक अन्य सदस्यहरुको हकमा पुन: निर्वाचन हुने व्यवस्था छैन । जसले गर्दा गुल्मीदरबारमा पुन: वडासदस्यको पदमा निर्वाचन नहुने कार्यालयका प्रमुख पोखरेलले स्पष्ट पारे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ