gulminews logo
मंगलवार, २०८० चैत्र ६

भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडियो

सन्तोष महतारा
०३ कार्तिक, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडिएको छ । वडाध्यक्षलाई जानकारी नगराई, वडाध्यक्षको सहमती बिना एक्कासी वडाध्यक्षको बैंक खातामा गाउँपालिकाले पैसा पठाएको हो । एक्कासी बैंक खातामा पैसा जाँदा वडाध्यक्षहरुमा मतभेद देखिएको छ । कुनै वडाका वडाध्यक्ष पैसा पाएकोमा खुसी छन् । कुनै वडाध्यक्ष एक्कासी बैक खातामा गाउँपालिकाले पैसा पठाउँदा आक्रोशित बनेका छन् ।

एक्कासी बैंक खातामा पैसा जाँदा वडाध्यक्षहरुमा मतभेद देखिएको छ । कुनै वडाका वडाध्यक्ष पैसा पाएकोमा खुसी छन् । कुनै वडाध्यक्ष एक्कासी बैक खातामा गाउँपालिकाले पैसा पठाउँदा आक्रोशित बनेका छन् ।

गाउँपालिकाको वडा नं.४ का वडाध्यक्ष डिलाराम न्यौपानेले वडाध्यक्षलाई गाउँपालिकाले बिना कारण पैसा बाँडेको बताए । कुन शिर्षकमा कसरी पैसा आयो भन्ने आफुलाई थाहा नै नभएको न्यौपानेको भनाई छ । ‘सडकमा काम गर्ने कामदारले तलब पाएका छैनन्,सामान्य अनुदानका लागि कृषक गाउँपालिका पुगे प्रक्रिया पु¥याउन १५ दिन लाग्छ’ वडाध्यक्ष न्यौपानेले भने, “जनताको सेवामा खटिएका जनप्रतिनिधिले पैसा बाँडेर खानु गलत हो ।”

आफ्नो खातामा पैसा आएपछि गाउँपालिकामा सोधपुछ गर्दा गाउँपालिकाका कर्मचारीले यस बिषयमा नबोल्नु भन्दै पैसा फिर्ता गर्न खोज्दा गाउँपालिकाले वास्था नगरेको न्यौपानेले बताए । गाउँपालिकाले गर्ने आर्थीक अनियमिततामा १६ हजार ५ सयका दरले वडाध्यक्षलाई बाँडेर वडाध्यक्ष किनिएको उनको प्रतिक्रिया छ । वडाध्यक्ष न्यौपाने भ्रमण गएको भनी मिलाइएको कागजमा हस्ताक्षर समेत गरेका छैनन् ।
तर गाउँपालिकाले आफ्नो खातामा पैसा हालिदिएपछि बाँकी वडाध्यक्ष खुसी भएका छन् । गाउँपालिकाबाट कुनै जानकारी , कुनै सहमती र थाहा नै नदिई र्बैकमा पैसा आएपनी वडाध्यक्षहरुले पैसा स्विकार गरेका छन् ।

वडा नं. १ का वडाध्यक्ष धातानन्द भण्डारीले विभिन्न कामले तम्घास पुगेको र जनताले खटाएको ठाउँमा पुग्नुपर्ने भएकोले भ्रमण भत्ता शिर्षकमा आफुले रकम बुझेको बताए । भण्डारीलाई कागजपत्र मिलाएर गाउँपालिकाका लेखा अधिकृतले हस्ताक्षर गराएका थिए ।

वडा नं. २ का वडाध्यक्ष रुकबहादुर राकसकोटीले गाडीको कर तिर्न बुटवल गएको र तम्घास गइरहन पर्ने भन्दै गाउँपालिकाले पैसा दिएको बताए । वडा नं. ३ का वडाध्यक्ष तेजकान्त अर्यालले कोरोनाको समयमा दौडधुप गरेवापत भ्रमण भत्ताको शिर्षकमा आफुले रकम पाएको जानकारी दिए । वडा नं. ५ का वडाध्यक्ष कृष्ण प्रसाद पन्तले कहिले जिल्ला प्रशासन,कहिले जिल्ला अदालत,कहिले पाल्पा र कहिले अर्घाखाँची गइरहन पर्ने भएकोले त्यसैको खर्चस्वरुप गाउँपालिकाले बैंकमा पैसा जम्मा गरिदिएको जानकारी दिएका छन् । वडा नं. ६ का वडाध्यक्ष थम्मनबहादु्र ज्ञवालीले वडाध्यक्ष यताउता गइरहन पर्ने भएकोले भ्रमण भत्ताको नाममा रकम बुझेको बताए ।

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थका अनुसार आफ्नो गाउँपालिका भन्दा बाहिर भ्रमणमा गए वडाध्यक्षहरुले दैनिक १ हजार ५ सयका दरले भत्ता पाउने नियमअनुसार गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको स्विकृत भ्रमण आदेश अनुसार पैसा दिइएको हो । कोरोना भाइरसको कहरका बीच जनताको समस्यामा जागरुकता नदेखाई वडाध्यक्षहरुलाई पैसा बाँडिनु गलत भएको स्थानियले बताएका छन् । सबै वडाध्यक्षहरुको खातामा १६ हजार भन्दा बढीका दरले पैसा पठाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D