भोलि राष्ट्रिय शोकको घोषणा, स्व. अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने

काठमाडौँ, फागुन १५ । बुधवार दिउँसो अकस्मात बसेको मन्त्रिपरिषदको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र अन्य थप ६ जनाको स्मरणमा भोलि (विहीवार)लाई राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठक सकिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले निर्णय सार्वजनिक गर्दै भोलि सरकारी कार्यालयमा झण्डा आधा झुकाइने बताए । ‘मन्त्रिपरिषद बैठकले फागुन १६ गते सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक विदा दिने घोषणा गरेको छ,’ थापाले भने । साथसाथै मन्त्रिपरिषद बैठकले मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम ४ सदस्यीय जाँच आयोग गठन गरिएको मन्त्री थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D