gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भुपु विद्यार्थीद्धारा विद्यालयलाई स्वास्थ्य सामग्र प्रदान

हुमाकान्त पोखरेल
गुल्मी, ०५ असौज । मदाने गाउँपालिका –३ सिर्सेनीस्थित खन्युखर्क निम्न माध्यमिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । विद्यालयमा पढेका पूर्व विद्यार्थीहरुको समुह ‘खन्यूखर्क भुपु विद्यार्थी समुह’ ले सोमबार विद्यालयको लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

सर्जिकल माक्स ४० प्याकेट, पाँच सय एम्.एल्.का १० पिस सेनिटाइजर, तीनओटा डिजिटल थर्मोमिटर, एउटा अक्सिमिटर, ११ वटा फेससिल्ट तथा छ वटा साबुन प्रदान गरिएको समाजका संयोजक बिमल घर्तीले जानकारी दिए । समाजले विद्यालयको विकासको लागि सहयोग अभियान नै संचालन गरेको थियो । जसमा दुई लाख रकम संकलन भएको थियो ।

संकलित रकममध्येबाट ११ हजार बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको घर्तीले जानकारी दिए । सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे र प्रध्यानाध्यापक गोविन्द प्रसाद घिमिरेले सहयोग गर्ने विद्यार्थी समाजलाई धन्यवाद् दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D