गुल्मी, कार्तिक २८ । भगवानको दर्शन गरेर सामान्यतः मनमनै बर माग्ने चलन हुन्छ । तर गुल्मीले मालिका देवी दर्शन गरेपछि भने चिच्याएर बर माग्ने परम्परा छ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा रहेको मालिकादेवी मन्दिरमा प्रत्येक वर्ष बैकुण्ठ चतुदर्शीमा मालिकादेवीको दर्शन गरि पुजाआरधना गर्न हजारौँ दर्शनार्थीहरुको घुइँचो लाग्छ ।
किन गर्ने कुर्घा मालिकाको दर्शन? के भन्छन् त्यँहा पुग्ने दर्शनार्थीहरु? हेरौँ जनता टेलिभिजनले तयार पारेको स्थलगत रिपोर्ट: