gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

भिआइपी नेता अलपत्र सडक: पहिले बजेट थिएन, अहिले चासो भएन

टोपलाल अर्याल
गुल्मी, २८ माघ । करिव ३८ बर्ष पुरानो रिडी–रुद्रवेणी–वामीटक्सार सडक । गुल्मी र बाग्लुङ्गका सयौ गाडी दैनिक आवतजावत गर्छन् । तर पहिलो पटक यो सडकमा यात्रा गर्नेले बाध्यताले बाहेक अर्को योजना सायदै बनाउँदैन । रुद्रवेणी–वामीटक्सार–दरमखोला सडक ४० किलोमिटर छ । सडकभरि पानी र गाडी डुब्ने खाडल । केहि ठाउँमा सडकको निशानै छैन । कतै ग्राभेल उप्केर कच्चीभन्दा फरक छैन । केहि स्थानमा सडक कालोपत्रे पनि छ । त्यो पनि टुक्रा गन्नुपर्छ । सम्झौता भएको बर्र्षौसम्म अलपत्र काम । निर्माण भएका सडकको बिषयमा पनि स्थानीय सन्तुष्ट छैनन् । यो बिषय केन्द्रमा राम्रै प्रभाव भएका मन्त्री तथा नेताहरुको कानमा नपरेको होइन । तर सडकको अवस्था बिजोग नै रहिरह्यो ।

रुद्रवेणी–वामी सडकले कैँयौलाई माननीय बनायो, सडक जस्ताको त्यस्तै
करोडौँ लगानी बालुवामा पानी
बदमास ठेकेदार लाचार कार्यालय
म्याद मात्रै थप्दै काम नगर्दै
ग्राभेल उप्किए, नयाँ टेण्डर भएन
सडक डिभिजनमै थन्कियो १० करोड

यो सडक परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पुर्व मन्त्री गोकर्ण बिष्ट र प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालको निर्वाचन क्षेत्रमा पर्छ । मैना भण्डारी, कमलराज श्रेष्ठ, खड्ग केसी लगायतका बर्तमान र चन्द्र भण्डारी, कृष्ण छन्तेल, सुर्वण ज्वारचन लगायत पुर्व माननीयले यो सडकसंग राजनीति खेले । उनीहरुका चुनावी घोषणा पत्रमा सायद सडक कालोपत्रे भइसकेको होला । तर अहिले पनि सडकको हबिगत दुर्भाग्यपूर्ण रहेको छ । यो सडकले नेता नपाएको होइन । तर नेताले प्राथमिकता दिएनन् । स्थानीयदेखि राष्ट्रिय स्तरका नेता र मन्त्रीका कपाल फुलेर सेता भए तर यो सडक निर्माण भएर कालो (पिच) कहिल्यै भएन । ‘यो सडक कालोपत्रे गर्छौ भन्दाभन्दै नेता ज्यूहरुको उमेर ढल्कियो, पहिले बजेट थिएन अहिले चासो छैन,’ मुसिकोट ५ का दुर्गा खरेलले भने, ‘नेताका कपाल सेता भएपनि सडक कालो भएन ।’ स्थानीय नागरिक तथा सरोकारवाला प्रभावशाली नेताका कारण जिल्लामा बजेटका लागि कुनै समस्या नभए पनि योजना कार्यान्वयनका उनीहरुले त्यति धेरै चासो नदिने गरेको गुनासो गर्ने गर्छन् ।

म्याद मात्रै थप्दै काम नगर्दै

रुद्रवेणीदेखि वामी दरमखोलासम्मको ४० किलोमिटर सडकमा तत्कालिन तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाले लगाएका सात ठेक्का छन् । संघियतापछि सवै ठेक्का शिवपुर सडक पुर्वाधार विकास कार्यालय रुपन्देहिमा हस्तान्तरण भएका छन् । पहिलो खण्ड रुद्रवेणीदेखि लुम्दीखोला हो । निर्माण कम्पनी रौताह हरि हरिले सात करोड ३७ साल ६१ हजार रुपैयाँमा झण्डै तीन किलोमिटर सडक पिच गर्न ०७४ साउन १९ मा सम्झौता ग¥यो । तर सम्झौता अनुसारको काम गरेन । सडक छेउमै गिट्टी बालुवा थुपारेर छोडेको छ । ढलानको काम बाँकी छ ।

त्यस्तै सोहि सडकखण्डको आठ दशमलब आठ किलोमिटर सडक रसुवा एसबिएले पिचको लागि ०७१ असार ३१ मा सम्झौता गरेको हो । जसको लागत १७ करोड चार लाख ५६ हजार रहेको छ । रुद्रवेणी–वामी–दरमखोला सडक अन्तरगत नै ०७२ असार ३१ मा १० करोड २१ लाख ६४ हजारको लागतमा छ किलो मिटर सडक पिच गर्ने अर्को ठेक्का लगाइएको छ । त्यो काम एसबिए इलाइट कन्स्ट्रक्ससनले पाएको थियो । दुवै ठेक्का सम्झौता भएको मितिले १८ महिनामा काम सम्पन्न गर्नुपथ्यो । तर सम्झौता भएको चारदेखि पाँच बर्षसम्म काम सकिएन ।

अहिले केहि काम अगाडी बढेकाले यो बर्ष सम्पन्न हुने नयाँ आशा जागेको शिवपुर सडक पुर्वाधार विकास कार्यालय रुपन्देहिका इन्जिनियर गिरिशनन्दन पोरसले बताए । त्यस्तै पाँच किलोमिटर सडक गर्जुमुखी कन्स्ट्रक्सनलाई सात करोड २७ लाख ७७ हजार रुपैयाँमा ठेक्का प्रदान गरिएको छ । ०७४ असार ३० गते सम्झौता भएको मितिले १२ महिनामा काम पुरा गर्नुपर्ने । अहिले बल्ल स्टक्चरको काम भइरहेको इन्जिनियर पोरसले बताए । सवैले अनेक बाहाना देखाएर काम नगर्ने गरेका थिए । उनले अहिले सरकारले ल्याएको नबौ संसोधन अनुसार म्याद थप गरेर काम सम्पन्न गर्ने प्रयास गरिएको बताए ।

ग्राभेल उप्किए, नयाँ टेण्डर भएन

रुद्रवेणी–वामी–दरमखोला सडक अन्तरगत मुसिकोट नगरपालिका ५ तल्लाफाँटादेखि वामी हुँदै दरमखोलासम्म दुई वटा ठेक्का मार्फत १६ किलोमिटर सडक ग्राभेलको काम भएको छ । ग्राभेल भएको एक बर्ष बढि कालोपत्रे नभएकाले अहिले कच्चीभन्दा फरक छैन् । दुवै ठेक्का ०७५ असार ३ गते करिव २६ करोडमा मोतिदान कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । यो कामको बारेमा निर्माण व्यावसायी र कार्यालयबीच बिवाद भएपछि कालोपत्रेको नयाँ टेण्डर भएको छैन् । निर्माण व्यावसायी भागवत गिरीले आफुलाई स्टिमेटभन्दा बढि काम गराएर कार्यालयले करिव डेढ करोड नदिएको आरोप लगाए । कार्यालयले भने अझै कागजी प्रक्रिया बाँकी रहेकाले पाउँने वा नपाउने बिषय थापा नभएको शिवपुर सडक पुर्वाधार विकास कार्यालय रुपन्देहिका इन्जिनियर गिरिसनन्दन पोरसले बताए ।

नादेवा खण्ड अझै बेजोग

रुद्रवेणी–वामीटक्सार–दरमखोला सडक अन्तरगत नादेवा खण्ड झनै बजोग रहेको छ । सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालका अनुसार ०७४ सालमा रेसुङ्गा लामा कन्स्ट्रक्सनले यो खण्डको १७ सय मिटर सडक स्तरउन्नतीको काम पाएको थियो । त्यो काम पनि पुरा गरेनन् । निर्माण व्यावसायी पनि काम अलपत्र पारेर गुमनाम छन् । अर्को तर्फ उनको फाइल पनि फेल भएको ढकालले बताए । त्यहि सडकखण्डका अरु ठेक्काहरु ग्राभेल र पिचको प्रक्रियामा भएकाले कार्यालयले छिटो कारबाही गरेर काम अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । मदनभण्डारी राजमार्ग आयोजना कार्यालयका गुल्मीका निमित्त प्रमुख सुनित केसीले ठेक्का तोडेर भएपनि काम अगाडी बढाउने बताए ।

सडक डिभिजनमै थन्कियो १० करोड

यो आर्थिक बर्षमा रुद्रवेणी–वामीटक्सार–दरमखोला सडककै लागि करिव नौ करोड ९० लाख संघिय बजेट बिनियोजन भएको छ । बजेट बिनियोजन भएको सात महिना बित्न थाले । तर बजेट सडक डिभिजन कार्यालय पाल्पामै थन्किएको छ । प्रदेशमा हस्तान्तरण भएका पुराना ठेक्काहरुको काम सम्पन्न नभएकाले नयाँ काम गर्न नसकिएको सडक डिमिभजन कार्यालयका इन्जिनियर सौजन्य नेपालले बताए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले निर्माण व्यावसायी र योजना कार्यान्वयन गर्ने निकायको लाप्रबाहीले सडक अलपत्र भएको बताए । ‘फिल्डमा काम नुहँदा पनि कार्यालयले ठेकेदारको मुख हेरेर बसेका छन्,’उनले भने,‘न कारबाही गर्ने न नयाँ काम अगाडी बढाउने ।’ उनले विकास बजेट सात महिना कार्यालयमै थन्किएर बस्नु दुभाग्यपूर्ण भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D