gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भारतबाट दैनिक दोव्वर आउँदै गुल्मेली, भारतमा भोक गाउँ रोगको डर

टोपलाल अर्याल
गुल्मी, १० जेठ । दैनिक भारतबाट नागरिक आउन थालेपछि गाउँमा त्रास सृजना हुन थालेको छ । भने स्थानीय तहलाई व्यावस्थापनमा चुनौति थपिएको छ । शनिबार मात्रै नौ स्थानीय तहका एक सय २३ जना गाउँ आएका छन् । सुनौली नाकामा अलपत्र परेका उनीहरुलाई उद्धार गरेर ल्याइएको हो ।

धुर्कोट गाउँपालिकाका ४६, मदाने गाउँपालिकाका १४, मालिका गाउँपालिकाका सात, इस्मा गाउँपालिकाका १५, मुसिकोट नगरपालिकाका १०, गुल्मी दरवार गाउँपालिकाका एक र रेसुङा नगरपालिकाका ६, रुरु क्षेत्र गाउँपालिकाका ६, छत्रकोट गाउँपालिकाका ११ र सत्यवति गाउँपालिकाका चार जना गाउँ आएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी नायव निरिक्षक शालिकराम थापाले जानकारी दिए । जिल्ला भित्रिएका सवैलाई आआफ्नो स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुनै परिक्षण बिना भारतबाट गाउँ

पछिल्लो समय भारतबाट गाउँ आएका अधिकांशको कुनै परिक्षण गरिएको छैन् । सिधै भारतबाट गाउँ आएका छन् । धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले अहिले गाउँ आउनेहरुको नाकामा कुनै पनि परिक्षण नभएको बताए । शनिबार आएका ४६ जना नयाँगाउँ, पिपलधारा र हाडहाडेका भएकाले उनीहरुलाई वडामै व्यावस्थापन थालिएको बताए । धुर्कोटमा अहिले दैनिक भारतबाट नागरिकहरु गाउँ आइरहेको पोख्रेलले बताए । त्यस्तै इस्मा गाउँपालिकाले विभिन्न वडाका १५ जनालाई वडा नं ६ को सरस्वति निमावि क्वारेन्टाइनमा व्यावस्थापन गरेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनीहरु पनि कसैको परिक्षण गरिएको छैन् । आरडिडी समेत नगरेर आएकाले आफुहरुलाई व्यावस्थापनमा कुनै समस्या भएको खत्रीले बताइन् ।

भारतमा शोक र भोकले मर्न सकिएन

भारतको कपिलवस्तु नाकाबाट चार दिन हिडेर शुक्रबार बिहान सदरमुकाम आएका मदाने गाउँपालिका ३ का शिव परियारले आफुहरुलाई कहिँकतै चेकजाँच नभएको बताए । उनले कम्पनी बन्द भएर दुई महिना भारतमै अलपत्र परेको र पछिल्लो समय नेपाल फर्कन दवाव आएका कारण बाध्य भएर गाउँ आएको गुनासो गरे । उनीसंगै हिडेरै आएका ६ जना खुट्टा सुन्निएर, काटेर र भोकले अत्यन्तै बिक्षिप्त थिए । ‘दिन रात केहि मतलव भएन, दुई रात पानी पिएर जंगलमा सुत्यौ’, उनले भने, ‘भारतमा भोकले मर्नभन्दा गाउँकै बाँझो जोत्ने सोचेर फर्केका हौ ।’ दिनभर मदाने गाउँपालिकाका गाडीहरुले उनीहरुलाई बोक्न नमानेपछि आफुहरुले गाडइ खोजेर साँझ गाउँ पठाएको रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

स्थानीय तह नाकामा बस पठाउँदै

चन्द्रकोट गाउँपालिकाले सुनौली नाकामा अलपत्र परेकाहरु थुप्रैलाई गाउँ ल्याउन बस पठाउन थालिएको गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले बताए । त्यस्तै सत्यवति गाउँपालिकामा पनि केहि व्यक्ति आएको र बाँकीको लागि समन्वय भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । इस्मा गाउँपालिकाले अझै ३०÷३५ जना अलपत्र परेकाले फेरि बस पठाएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरवार गाउँपालिका, धुर्कोट गाउँपालिका र रेसुङा नगरपालिकाले पनि आफ्ना नागरिकलाई गाउँ ल्याउन बस सुनौली नाका पठाइरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D