gulminews logo
शनिबार, २०८१ बैशाख ८

भाडा घटेसी च्याँखी थाप्दै व्यावसायीे विकल्प खोज्दै प्रशासन

टोपलाल अर्याल
गुल्मी, ३० भदौ। गुल्मीमा नयाँ भाडादर कार्यान्वयनमा व्यावसायीले च्याँखी थाप्दै आएका छन् । गत १० भदौबाट नयाँ भाडा कार्यान्वयन हुनुपर्ने । ५ भदौमा व्यावसायीहरुलेनै गरेको सहमति कार्यान्वयन भएन । २५ भदौमा पुन सर्वपक्षिय बैठक बसेर २६ भदौबाट भाडा कार्यान्वयनको सहमति जिल्ला प्रशासन कार्यालयमा भएको हो । गुल्मी यातयात भाडा कार्यान्वयनको विपक्षमा देखिएको छ । सो यातयातका जीप तथा बस आइतबार धुर्कोट, मदाने, इस्मा र मुसिकोट लगायतका स्थानमा छुटेनन् ।

चालकको गुनासो : भाडासंगै तलब घट्यो

आइतबार गुल्मी यातयातका चालकले पश्चिम जाने गाडी रोके । कारण भाडादर घटेसंगै गाडी मालिकले उनीहरुको तलव पनि घटाइदिए । न्यून तलबमा काम गर्न नसकिने भन्दै चालकले गाडी चलाएनन् । समायोजन पहिले तम्घास–अग्लुङ्गको जीपको भाडा छ सय ६५ हो । अहिले चार सय १५ भएको छ । तलव घटेर गुजरामा समस्या आएकाले गाडी नचलाएको चालक लेक कुमार नगरकोटीले बताए । ‘एकाएक भाडा घटेसी गाडीको पर्ता आएन मालिकले तलव घटाए,’उनले भने,‘आधा पैसामा गाडी चलाएर कसरी ज्यान पाल्ने ? त्यसैले रोकेका हौ ।’ अरुण जिसीले तम्घास–हाडहाडे जीप चलाउँछन् । पहिले मासिक १८ हजार पाएकोमा अहिले मालिकले आठ हजार दिने भनेपछि गाडी नचलाएको गुनासो गरे । सवारी धनी मिन बहादुर कुँवरले प्रशासनले आफुहरु मर्कामा पर्नेगरी भाडा समायोजन गरेको आरोप लगाए । चालक र मर्मत खर्च तथा पाठपुर्जाको मुल्य दिनप्रतिदिन बढ्दै गएकाले समायोजन गरिएको भाडाले व्यावसाय नचल्ने उनको तर्क छ ।

रोकेका छैनौ, चालकले चलाएनन् : समिति

गुल्मी यातायात प्रालीका महासचिव हिमाल कुँवरले समायोजन भएको भाडा कार्यान्वयन गर्न निर्देशन दिएको बताए । समितिले निर्देशन गरेपनि सवारी धनीले अटेर गरी सवारी ठप्प पारेको कुवंरले बताए । उनले समितिले यातयात क्षेत्रलाई व्यवस्थित रुपले संचालन गर्ने भएकाले कसैलाई कारवाही गर्ने अधिकार आफुहरुसंग नभएको गैरजिम्मेवार भनाई व्यक्त गरे । रातो नम्बर प्लेटका जीपले मनपरी यात्रु बोकेपनि त्यसको भने कतैबाट अनुगमन नभएको आरोप व्यावसायीको छ । उनीहरुले अहिलेकै भाडादर कायम पूर्ण कार्यान्व्यन गर्न खोजे सवारी ठप्प पार्नेबाहेक केहि विकल्प नभएको बताए ।

बिकल्प सोचेका छौ : प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनताको पक्षमा अन्य विकल्प धेरै रहेको बताए । उनले अव प्रशासन कुनै विकल्पको अगाडी भाडा कार्यान्वयनबाट पछि नहट्नेमा जोड दिए । यातयात व्यावसायी र गाडी धनी वा चालकले नागरिकलाई दुख दिएर सर्वपक्षिय निर्णय अटेर गरे अहिलेसम्म दोब्बर भाडा लिएर फस्टाएको व्यावसायको नागरिकबिच सार्वजनिक गर्ने बताए । पौडेलले प्राइभेट गाडी, अन्य समितिका बस र क्षेत्रमा समेत सम्पर्क भएकाले एउटा पक्षको बिरोधले नागरिकले सास्ती पाउने स्थिती नआउने बताए । छिमेकी जिल्लामा कच्ची र ग्राभेलको प्रतिकिलो मिटर पाँच रुपैयाँ ७५ पैसा हुँदा गुल्मीमा सात रुपैयाँ २५ पैसा हुनु सुखद पक्ष भएकाले व्यावसायमा कुनै समस्या नहुने पौडेलको तर्क छ । उनले पहिलेकै अवस्था दशै तिहारसम्म अड्काउने मनस्थितीमा व्यावसायी भएकाले त्यसको मुल्याङकन नागरिक समाज र नागरिकले गरिरहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D