gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

भाडगाँउकी युवतीको हत्या गर्ने अभियुक्त सार्बजनिक

अनिल खत्री
२० फागुन, गुल्मी । गुल्मीको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको रेसुङगा नगरपालिका तीन भाडगाँउमा २१ वर्षीया सम्झना बोहरालाई हत्या गर्ने अभियुक्त ४७ वर्षिय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो ।

सम्झनालाई अभियुक्त लालबहादुरले कर्तव्य गरेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । तर हत्या किन र कसरी गरेको भन्ने कारण भने प्रहरीले खुलाएको छैन् ।

सम्झना बोहरा गत माघ २९ गते रातीदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुर बेपत्ता भएकी युवतीको खोज तलास गर्दा उनको सक्रियता बढी देखिएको थियो ।

तर पछि अभियुक्त लालबहादुरले शबको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधीलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापहरुमा अभियुक्त लालहादुरलाई गरिएको अनुसन्धानबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि असुन्धान भइरहेकोे प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिन पछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D