gulminews logo
बिहीबार, २०८१ बैशाख २०

भाग्यमानी आमा छोरा, ११२ बर्षीया जम्दार्नी आमाले गरिन छोराको चौरासी

टोपलाल अर्याल
गुल्मी, २ साउन । कस्तो अचम्म । कति भाग्यमानी आमा । जसले छोराको चौरासी गरिन् । बुबा–आमाका अगाडी चौरासी गर्न बिरैलेले सौभाग्य पाउँछन् । रुरु १ की ११२ बर्षीया इन्द्र कुमारी सुवेदी । जसले २९ असारमा ८३ बर्षीय छोरा धन बहादुर सुवेदीको चौरासी गरिन् । सुवेदी अझै टाठ्ठो बोल्छिन् । गाउँमा सवैले जम्दार्नी भनेर चिन्छन् ।

दम, प्रेसर, बाथ लगायतका रोगका औषधी खान्छिन् । तर, अहिलेसम्म कुनै ठुलो समस्या छैन् । उमेरले अलि परको देख्दिनन् । कान कम सुन्ने भएकाले कोखमै गएर कुराकानी गरे लामो समय खुसीका साथ गफ गर्छिन् । उनले श्रीमानसंग पल्टल पनि देखेकी छन् । इन्द्र कुमारी जेठा छोरालाई भारतबाट गाउँ दिएर आएको बताउँछिन् । ‘जीन्दगीमा दुख र सुख सवै भोगियो र जानियो । अ नसुन्ने र नदेख्ने भएपछि के कुराको आश गर्नु,’उनले भनिन,‘भगवानको कृपा रहुन्जेल कुसैको नराम्रो देख्न र सुन्न नपरोस ।’

सन्तानले डाँडाकाँडा ढाके

जम्दार्नी आमाले आफ्ना सन्तान गनेर सक्नु हुन्न । तीन छोरा, २० नातिनातिना, ५२ पलाँतीपलाँतिनी र ११ खलाँती तथा खलाँतीना देखिकी छन् । आमाका तीन भाई छोरा हुन् । जेठो छोरा धन बहादुरले चौरासी गरे । उनका पाँच छोरी र चार छोरा भए । माइलो छोरा चेत बहादुर क्षेत्री ७५ बर्षका भए । उनका तीन भाई छोरा छन् । कान्छो छोरा खुम बहादुर सुवेदी ७० बर्षका भए । जसका सात छोरी र एक छोरा छन् । चाडपार्व र दैमा आमाको आर्शिवाद थाप्नेहरुको मेलामा जस्तै भीड हुन्छ । आफ्नै सन्तान र गाउँमै बृद्ध भएकाले टीका लगाएर आर्शिवाद थाप्नेहरुले सुवेदीकोमा खुट्टा टेक्न ठाउँ हुँदैन् । अहिले छोरा धन बहादुरको चौरासीमा पनि बिदेश र बिरामी भएका बाहेकका सवै उपस्थित भएको नाति बसन्त क्षेत्रीले बताए ।

धन बहादुरले आमा पाए छोरा गुमाए

इन्द्र कुमारी सुवेदीका जेठा छोरा धन बहादुर सुवेदीले आमासंग चौरासी गर्न पाएकोमा खुसी व्यक्त गरे । तर, छोराहरु नभएकोमा दुख नलाग्ने कुरै भएन । उनका चारभाई छोरा मध्ये जेठा कृष्ण र कान्छा बिष्णु भारत तथा माइला डिल बहादुर सुवेदीको लण्डनमा मृत्यु भएको थियो । परदेश भएका साइँला छोरा गोपाल सुवेदी पनि चौरासीमा आउन सकेनन् । ‘चौरासी पुगेर आमाकै अगाडी पुजा गर्न पाएँ । तर, तीन भाई छोरा गुमाएको पीडा पनि उत्तिकै रह्यो,’उनले भने,‘परदेश भएको छोरा पनि आउन पाएन् ।’ उनले गाउँमा बा–आमा हुँदाहुँदै चौरासी गर्न हुँदैन भन्नेहरुका बिचपनि पण्डितको सल्लाह बमोजिम पुजा गरेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D