gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

‘भनसुन’का लागि क्वाटर गएका म्यानपावर व्यवसायीलाई मन्त्री बिष्टले यसरी झपारे

प्रकाश ढुंगाना
काठमाडौं, चैत १५ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको पुल्चोकस्थित सरकारी क्वाटरमा एमालकै एक जना सांसदको सहयोगमा एक जना म्यानपावर व्यवसायी बिहीबार विहान प्रवेश गरे।

मन्त्रीको गोप्य कक्षमा प्रवेश गरेको एकै छिनमा मन्त्री कड्किदै बाहिर निस्किए। ती म्यानपावर व्यवसायीलाई उनी झपार्दै थिए। ती म्यानपावर व्यवसायी थिए, ब्रिज स्काइ इन्टरनेसनल प्रालिका अध्यक्ष रामचन्द्र बल।

बलको म्यानपावर र सुकेधारामा रहेको म्यानपावरमा वैदेशिक रोजगार विभागले हिजो छापा मारेको थियो। विभागले कागजात नियन्त्रणमा लिएपछि बल भनसुनका लागि विहानै मन्त्री भेट्न आएका थिए।

मन्त्री विष्टले हिजोका दिनमा म्यानपावरमा रहेको बिकृति अब रहन नदिने भन्दै बललाई त्यही अनुसार सतर्क रहन आग्रह गरे।

‘म बिकृतिको सारथी बन्न सक्तिन,’ मन्त्री विष्टले भने,’ यसअघि म्यानपावरका देखिएका ब्यतिथि अब अन्त्य हुन्छ।’

एमालेको मन्त्री छ, म एमाले भन्दै हिड्ने म्यानपावर व्यवसायी अब सचेत रहनुपर्ने उनले बताए।

‘सबैभन्दा पहिला गल्ती गर्ने एमालेका मान्छेलाई कारबाही गर्छु अनि मात्र अरु पार्टीकालाई गर्छु’, मन्त्री विष्टले भने।

मन्त्री बोलिरहदाँ कानुन बमोजिम काम गरेको बलले बताए। ‘कानुन बमोजिम काम गरेको भए किन डराउनु पर्यो, ‘मन्त्री भने।

कोही अन्यायमा नपर्ने र अन्यायमा पार्न पनि नदिने उनले बताए। बुधबार सुकेधारास्थित मिराकल पार्टी प्यालेशमा म्यानपावरको अन्तर्वार्ता भएको थियो। पुर्व अनुमति नलिइ अन्तर्वार्ता लिइरहेको सुचना आएपछि विभागले छापा मारेको थियो।

सुकेधाराको अलसाहिद म्यानपावरले फेब्रुअरीमा युएइका लागि ५० जनाको पुर्व स्वीकृति विभागबाट लिएको रहेछ ।

त्यही आधारमा ८५ जना साउदी लैजान भन्दै अन्तर्वार्ता भइरहेपछि छापा मारिएको थियो। अन्तर्वार्ता स्थलमा ब्रिज स्काइको नभएर अलसाहिदको फर्म बाँडिएको थियो । -सेतोपाटी डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D