gulminews logo
मंगलवार, २०८१ बैशाख ११

भण्डारीले पठाए जिल्लामा ९२० थान आरडिटी किट

तिलाचन पाण्डे
जेठ १९,२०७७ गुल्मी। गुल्मीको मालिका गाउँपालिका छापहिले घर भई हाल काठमाण्डौमा बस्दै आएका भीमकान्त भण्डारीले जिल्लामा ६ सय थान आरडिटी किट पठाएका छन् । जिल्लामा पछिल्लो समय भारतबाट भित्रने संख्या बढ्दै गएको समयमा कोरोना परीक्षणका लागि आरडिटी किटको अभाब नहोस भन्नका लागि आफूले जिल्लाबासीको नाताले ब्यक्तिगत रुपमा निशुल्क आरडिटी किट पठाएको बताए ।

एक हप्ता अगाडी उनले मालिका , मदाने ,धुर्कोट र इश्मा गाउँपालिकामा ८० थानका दरले ३२० थान आरडिटी किट पठाएका थिए । अहिले जिल्लामा भारतबाट आउनेको संख्या धेरै भएको र कहि कतै आरडिटी किट नभएर उनीहरुको स्वास्थ्य परीक्षण नरोकियोस भन्नका लागि किट पठाएको जनाए । यदि भारतबाट आएका ब्याक्तिहरुलाई कोरोना भएको भए अन्य कसैलाई परीक्षण अभाबकै कारण नसरोस भन्नका लागि आफूले जिल्लामा आरडिटी किट पठाएको बताए ।

उनले जिल्लामा भारतबाट भित्रनेहरुका लागि परीक्षणको दायरा बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।
यता जिल्ला प्रशासन कार्यलय गुल्मीले भण्डारीले पठाएको किटलाई जिल्लाका क्वारेन्टाइनमा बसेका ब्याक्तिहरुको आरडिटी परीक्षण गरिने जनाएको छ ।

प्रत्येक पालिकाका क्वारेन्टाइनमा बसेका ब्याक्तिहरु , कतै उच्च ज्वरो आएकाहरुको आरडिटी परीक्षण गरिने भन्दै जिल्लामा आरडिटी किट पठाएकोमा मालिका गाउँपालिका वडा नं ५ छापहिलेका भीमकान्त भणडारीलाई प्रमुख जिल्ला अधिकारी एबम जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष भरतकुमार शर्माले धन्यबाद ब्यक्त गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D