टोपलाल अर्याल
गुल्मी, २८ चैत्र। गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप बिहीवार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।
यो पनि पढ्नुस्: दुर्घटनामा पुर्व सांसद भण्डारीसहित अर्का १ को पनि मृत्यु, आधा दर्जन बढी घाइते (अप्डेट)
दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका ओसर विकको मृत्यु भएको घटनास्थल पुगेका पौदी अमराई प्रहरीचौकीका हवल्दार सन्तोष कुमार चौधरीले बताए । दुर्घटनामा नौ जना घाइते भएका छन् । थप उपचारको लागि पाल्पा पठाईएको प्रहरीले जनाएको छ ।