गुल्मीको एउटै गाउँपालिकाको २ ठाउँमा पहिराेमा परि ६ काे मृत्यु

अप्डेट (दिउँसो १२ बजे): गुल्मीमा पहिरोमा परी मृत्‍यु हुनेको संख्या १० पुग्यो (नामावली सहित)

हुमाकान्त पाेखरेल
गुल्मी, ०७ साउन । साेमबारदेखि परेकाे अविरल बर्षाका कारण गुल्मीमा पहिराेमा परि ६ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे गुल्मीकै सत्यवती गाउँपालिका वडा नं ३ ठुलाेलुम्पेकस्थित तिल बहादुर तरामुकाे घरमा राति भल पसि घर भत्किदा उनकी ३० बर्षीय तिलकुमारी तरामू र उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् । पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको स्थानीयले बताएका छन्।

सत्यवतीमा ४ काे मृत्यु

फोटो : फेसबुकबाट

गुल्मीकै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको छ । गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालका अनुसार शबको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए। तर दर्जनाैकाे सङ्ख्यामा बेपत्ता भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । अहिले स्थानीयले उद्धारका लागी पलह गरिरहेका छन् । स्थानीय प्रहरीले नसक्ने र जिल्ला सदरमुकाम टाढा पर्ने हुँदा प्रहरी घटनास्थलमा पुग्न बढी समय लाग्ने भएकाे ढकालले बताए ।

घर बगाउदा कम्तिमा दुई बेपत्ता

सत्यावती गाउँपालिकाकै वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएतापनि परिवारमा अन्य कति थिए भन्ने एकिन छैन। उनीहरूकाे अवस्था अहिलेसम्म अज्ञात रहेकाे छ । अबिरल बर्षा भईरहेकाे र बाटाेमा पहिराे गएकाे कारण प्रहरीको टोली त्यसतर्फ पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएपनि घटनाबारे पूरा विवरण अाइसकेकाे छैन । उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पनि घटनास्थलमा पठाइएकाे प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैड्यालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D