gulminews logo
शुक्रबार, २०८० चैत्र १६

ब्रेकिङ्ग न्युज : गुल्मीका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, आईसियु भर्ना

बुटवल, जेठ ०५ । प्रदेश नम्बर ५ मा एकैदिन ४९ जना कोरोना संक्रमित थपिएका छन् । पहिलो पटक प्रदेशको पहाडि जिल्ला गुल्मीमा समेत कोरोना देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

यो पनि पढ्नुस्: गुल्मीका संक्रमित शिक्षक, बुटवल पुग्नु पहिले गाउँमै र अर्घाखाँचीको एक मेडिकलमा जँचाएको खुलासा

श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको हो।उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।

जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएको बताइएको छ । उनमा कसरी कोरोना सर्‍यो भन्ने अझै खुलिसकेको छैन् । प्रदेश ५ को बाँकेमा ४७ जना संक्रमित देखिएका छन्।

नरैनापुर क्वारेन्टाइनमा रहेकाहरुमा पनि संक्रमण देखिएको छ। उनीहरु सबै भारतबाट आएको बताइएको छ । व्यक्तिको पहिचान र ट्रेसिङको काम थालिएको छ । दाङमा समेत एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै दाङमा संक्रमितको संख्या ४ पुगेको छ । समाचार स्रोत: अन्नपूर्णपोस्ट डट कम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D