gulminews logo
बुधबार, २०८१ बैशाख १२

बोधिसत्वा बिहारद्धारा खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

अनिल खत्री
३ साउन, गुल्मी । गुल्मीमा बोधिसत्वा बिहारद्धारा छत्रकोट गाउँपालिकाको खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष सहितका पूर्व अध्यक्षहरुले स्वास्थ्य चौकीलाई हस्तातरण गरेका थिए ।

वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । स्वास्थ्य चौकीलाई अक्सिजन कन्सेन्ट्रेटर मेसिन १ थान माक्स, सेनिटाइजर, पिपिइ ५ थान , लगाएका २ लाख ५० हजार बरावरको स्वास्थ्य सामग्री सहयोग गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका पूर्वअध्यक्ष पन्थले बताए ।

विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट जिल्लामा स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिदै आएको छ ।

सोहि संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल सहित बिभिन्न स्वास्थ्य संस्थाहरुलाई ५० लाख बढिको स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । संस्थाले जिल्लामा केहिसमय पछि पुन १ हजार परिवारलाई पुग्ने गरि खाध्यसामाग्री बितरण गर्ने गरि समन्वय भइरहेका छ ।

दोस्रो भेरियन्टको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D