gulminews logo
बिहीबार, २०८१ बैशाख ६

बैकुण्ठबहादुर चन्दले भने– ‘गोकर्ण विष्टलाई भोट दिदैछु’

प्रेम सुनार
गुल्मी, मंसिर ११ । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनीधी बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार गोर्कणराज विष्टको ठुलो हात रहेको बताएका छन् । साविकको अग्लुङ्ग गाविस निवासी ८४ वर्षिय चन्दले समयले कोल्टे फेर्दै जाँदा आफुले पनि राजनैतिक रुपमा कोल्टे फेरेर वामगठबन्धनका उमेदवार गोकर्णराज विष्टलाई सघाउने उद्घोष गरेका छन् ।
तानसेन तम्घास सडक जनता उठाएर आफै खनेका तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले अग्लुङ्गमा वामगठबन्धनद्धारा आयोजित चुनावी सभामा सहभागि थिए ।
उक्त सभामा सञ्चारकर्मीले राखेको जिज्ञाषामा उनले उमेदवार गोकर्ण विष्ट विकास प्रेमी नेता भएको र पहिलो पटक आफुले ८४ वर्षको उमेरमा उनलाई भोट हाल्ने उद्घोष गरे ।
धेरै पटक गुल्मीमा जिल्ला विकास समितिको सभापति रहेका र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका चन्दले हिजोका दिनमा कम्युनिष्टहरुलाई घृणा गर्ने गरे पनि अहिले समर्थन गरेको बताए ।
‘हिजो समय त्यस्तै थियो’–चन्दले भने –‘अहिले त्यो समयले कोल्टे फेरि सक्यो , नेपालमा कम्युनिष्टहरु मिलेकोमा सकारात्मक रुपमा लिएको छु ।’ तपाई लामो समय देखि राप्रपाको नेता र राजा विरेन्द्रको समेत दाहिने हात जस्तै भएर काम गर्नु भयो , अहिले कम्युनिष्टहरुलाई समर्थन गर्दा अफ्ठ्यारो लाग्दैन ? भन्ने प्रश्नमा उनले भने–‘जनता अव जसले विकास गर्छ उसैका पछाडी लाग्ने भएकाले जनता संगै आफु पनि पछाडी लागेको हुँ । ’
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेको छ र त्यसका नेता तपाई कै छोरा भरतबहादुर चन्द हुनुहुन्छ , छोरा रिसाउलान् भन्ने लाग्दैन ? भन्ने अर्को प्रश्नमा पुराना नेता चन्दले भने–‘ मैले हिजो देखि अहिले सम्म आफै निर्णय गर्ने गरेको छु । पञ्चायतकालमा मालमोत कार्यालयको हाकिमको जागिर छाडेर जिविस सभापतिको चुनाव लड्दा पनि न जागिर न जनप्रतिनिधी होलास भनेर सुझाव दिन्थे तर मैले आफै निर्णय गरेर चुनावमा उठेको हुँ र सफल पनि भएँ , त्यसैले म आफै निर्णय गर्छु र यसपाली भोट गोकर्ण विष्टलाई दिने निर्णय गरेको छु । ’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D