gulminews logo
शनिबार, २०८१ बैशाख ८

बेलायती महारानी एलिजावेथको टि-पार्टीमा गुल्मीका थापा दम्पती

गुल्मीन्युज
मे १७ । बेलायती महारानी लिजाबेथ द्वितीयले आयोजना गरेको पार्टीमा गुल्मीका एक दम्पतीले भाग लिने अवसर पाएका छन् । बेलायत स्थित बकिंघम प्यालेसमा महारानीले आयोजना गरेको गार्डेन पार्टीमा गुल्मी स्थयी घर भई बेलायतमा बसोबास गर्ने फत्त थापा र उनकी धर्म पत्नी सोनिया थापाले सहभागी हुने मौका पाएका हुन् ।

गुल्मीको हस्तिचौर ताल्तुङ स्थाई घर भई बिगत २ दशक भन्दा बढी देखी बेलायतमा बसोबास गरिरहेका थापा दम्पती बेलायतको नेपाली समुदायमा परिचित यूवा व्यवसायी तथा समाजसेवीका रुपमा चिनिन्छन् ।

राष्ट्रिय जीवनका लब्ध प्रतिष्ठित तथा सामाजिक कार्यका लागि सुपरिचित व्यक्तित्वहरुलाई महारानी एलिजाबेथले हरेक बर्ष पार्टिमा निमन्त्रणा गर्ने गर्दछिन् ।

३ छुट्टै पार्टी मार्फत हरेक बर्ष हजारौँलाई पार्टिमा निमन्त्रणा गरिन्छ । पार्टिमा सहभागीहरुले चिया, केक खाँदै राजपरिवारका सदस्यहरुसँग साक्षात्कार गर्ने मौका पनि पाउँछन् ।

मे १५ मा आयोजना गरिएको पहिलो गार्डन पर्टीमा थापा दम्पती सहभागी भएका हुन् ।

बेलायतको राजपरिवारले गएको झन्डै २ शताब्दी देखी आयोजना गर्दै आएको उक्त परम्परालाई समाजमा सकारात्मक काम गरिरहेका व्यक्तित्वहरुलाई सम्मान गर्ने अवसरको रुपमा लिएको छ ।

थापा दम्पतिले ग्रीनवीच तथा बेक्सलीमा वयोवृद्ध नागरिकहरुका लागि होमइन्सटेड सिनियर केयर नामक कम्पनी संचालन गर्दै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D