gulminews logo
शनिबार, २०८१ बैशाख ८

बेलायतको हकिन्ज र रेसुंगा नगरबीच भगिनी सम्बन्ध, रेसुंगाका मेयर सहितको टोलीलाई भ्रमणको निम्तो

लण्डन, अक्टोबर ०४ । बेलायतको हकिन्ज नगर र गुल्मीको रेसुंगा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता भएको छ । शुक्रबार हकिन्जमा आयोजित एक समारोहमा उक्त नगर परिषदका प्रमुख फिलिप मार्टिन र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बेलायतबाट सन्चालन हुने नेपाली लिन्क डट कमले समाचार छापेको छ ।

त्यसअवसरमा हकिन्ज नगर परिषद्का प्रमुख मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

फोटो: नेपाली लिन्क

उनले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा समेत दिए ।

रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिंदै राजदूत डा. सुवेदीले रेसुंगा नगरपालिकाका नगर प्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुंगाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पनि दिए ।

समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगा नगरपालिकाको केन्द्र तम्घासस्थित सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमति भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D