gulminews logo
मंगलवार, २०८० चैत्र ६

बेलायतका गुल्मेलीले जिल्ला पठाए १ करोड रुपैँया भन्दा बढीका सर्जिकल मास्क

लण्डन, साउन १५ । बेलायतबाट गुल्मेलीहरुले १ करोड रुपैँया भन्दा बढीका स्वास्थ्य सामाग्रीहरु गृहजिल्ला पठाएका छन् । गुल्मी जिल्ला समाज यूकेले कोभिड १९ महामारीविरुद्ध लड्न १ करोड १८ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री गुल्मी पठाएको हो ।

गुल्मी पठाईएको सहयोग सामाग्रीहरुमा ३ लाख २१ हजार थान सर्जिकल मास्क, सुरक्षा कवज तथा पीपीई लगायत रहेका छन् । गुल्मी जिल्ला समाज यूकेको पहलमा पठाइएका मास्क गुल्मीका १० गाँउपालिका र २ नगरपालिका सहितका सम्पूर्ण स्थानीय निकायमार्फत वितरण हुने गरी शुक्रबार हस्तान्तरण समेत भइसकेको समाजले जानकारी दिएको छ ।

सदरमुकाम तम्घासमा एक कार्यक्रमबीच गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै स्थानीय निकायका प्रतिनिधिहरुलाई सहयोग मास्कहरु हस्तान्तरण गरेकी थिइन् ।

जिल्लाका दुई नगरपालिकाको लागि २६ हजार ४ सय मास्क वितरण गरिएको छ भने १० गाउँपालिकाको लागि २२ हजारको दरले बांडिएको छ । त्यस्तै, जिल्ला अस्पताल गुल्मीलाई १७ हजार ६ सय मास्क प्रदान गरिएको छ भने रिडी, श्रृंगा, जोहाङ र धुर्कोटस्थित प्राथमिक स्वास्थ्य चौकीहरुलाई ४ हजार चार सयको दरले बांडिएको संस्थाका संस्थापक अध्यक्ष तथा गुल्मेली प्रथम नौमती बाजाका संयोजक ओम प्रसाद थापाले बताए ।

त्यस्तै पत्रकार महासंघ गुल्मीलाई ४ हजार २ सय, रेसुंगा बहुमुखी क्याम्पसलाई २ हजार २ सय, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीहरूको निम्ती २८ हजार ६ सय प्रदान गरिएको छ।

कोभिड संक्रमणको जोखिमबाट जोगाउने उद्धेश्यले सर्जिकल मास्क सहयोग पठाउने अभियानको संयोजन समाजका महासचिव बीर बलालले गरेका थिए भने सहसंयोजकका रुपमा सल्लहकार कोशलेश्वर ढकाल, सहकोषाध्यक्ष तारा भट्टराई र सदस्य राधा खरेलले सहयोग गरेका थिए ।

अभियानका लागि समाजका सल्लाहकार फत्त थापाले आफू आबद्ध ‘होम इन्सटेड’ कम्पनीका तर्फबाट झन्डै ६५ हजार पाउन्ड पर्ने तीन लाख २१ हजार सर्जिकल मास्क उपलब्ध गराएका थिए ।

सम्पुर्ण ढुवानी एयरकार्गो खर्च लगभग ११००० युके पाउण्ड गुल्मी जिल्ला समाज युकेका सदस्यहरूबाट स्वतस्फूर्त रुपमा आर्थिक सहयोग संकलन गरिएको समाज समाजका अध्यक्ष टोप पल्लीले बताए ।

गत बर्ष पनि समाजले ७ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्रीहरु जिल्ला पठाएको थियो । गतबर्ष कोभिड टेष्ट बुथ ५ वटा सहित मास्क, सेनिटाईजर लगायतका सामग्रीहरु हरेक गाँउपालिकालाई प्रदान गरिएको समाजका महासचिव बीर बलालले बताए ।

सबै गरी करिब ७६ हजार पाउण्ड बराबरको सहसोग गुल्मी पठाइएको उनले बताए । नेपालमा ती सामग्रीहरुको व्यवस्थापनको काम पुर्व मुख्यसचिब लिलामणी पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D