gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

बेपत्ता भएको पाचँ दिनसम्म पनि भेटिएनन् भागिरथ

हुमाकान्त पोखरेल
गुल्मी, २३ असार । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङका ६० बर्षिया भागिरथ घिमिरे बेपत्ता भएको पाचँ दिनसम्म पनि भेटिएका छैनन् । असार १८ गते बिहिबार राति परेको अविरल बर्षासँगै बेपत्ता भएका घिमिरे अझैसम्म पनि भेटिन नसकेको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले कोदालो, फरुवा लगायतका सामग्री प्रयोग गरी खोजी गरेपनि फेला पर्न नसकेको घिमिरेले बताए । सोमबार अबेरसम्म पहिरो गएको स्थानका साथै निस्ति खोलासम्म पुगेर स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाले खोजिकार्य गरेका थिए । मंगलबारबाट एक्सावेटर पनि प्रयोग गरिएको छ । माथिबाट पहिरो आएकोले उनलाई बगाएको हुनसक्ने घिमिरेले बताए । खोज्ने कार्य चालिरहेको बेला पानी परेको तथा प्रतिकुल मौसम भएकोले अप्ठ्यारो परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी केदारनाथ पन्तले अहिले पनि नेपाली सेना र नेपाल प्रहरीको समुहले स्थानीयको सहयोगमा खोजिकार्य जारी राखेको बताए । तर धेरै दुर्गम बस्ती, फोनको टावरले काम नगर्ने र पहिरो गए आसपासका सडक अवरुद्ध हुँदा खोजिकार्यमा कठिनाई भएको पन्तले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D