gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

बुद्द एअरले गुल्मी उडान भर्दै ? कान्तिपुरले छाप्यो यस्तो समाचार, के भन्छन् निर्माण समितिका अध्यक्ष पन्त?

सन्जु काउछा
गुल्मीमा रेसुंगा बिमानस्थल निर्माण थालेको झन्डै १४ बर्ष हुन थाली सक्यो । बेलाबेलामा चर्चामा आउने र सेलाउने गरिरहेको रेसुंगा बिमानस्थल गतबर्ष थप एकपटक एकाएक चर्चामा आयो, कारण थियो परिक्षण उडान । २०७५ साल जेठ २५ गते तारा एअरको ट्विनअटर बिमानले धुले माटोमै परिक्षण उडान सम्पन्न पनि गर्‍यो ।

यो पनि पढ्नुस्: रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दाका हेर्नैपर्ने १० तस्बिरहरु

तत्कालिन एमाले नेता प्रदिप ज्ञवाली पर्यटन मन्त्री हुँदा थालिएको निर्माण कार्य १२ बर्ष पछी उनै नेता ज्ञवाली पररास्ट्रमन्त्री हुँदा धुले माटोमै परिक्षण उडान गरिएको थियो । बडो तामझामका साथ गरिएको परिक्षण उडान अवलोकन गर्न मन्त्री ज्ञवाली हेलिकप्टर मार्फत गुल्मी पुगेका थिए । परिक्षण उडानको क्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले ढिलोमा गत बर्षको दसैं सम्ममा रेसुंगा बिमानस्थलमा नियमित उडान थाल्ने बताएका थिए । त्यो दसैंँमा मन्त्री ज्ञवालीले भने जस्तो नियमित उडान भएन । रेसुंगा बिमानस्थलको चर्चा बिस्तारै सेलाउँदै गयो ।

यती बेला फेरी रेसुंगा बिमानस्थलको चर्चा गाँईगुँई सुनिन थालिएको छ, कान्तिपुर दैनिकमा प्रकाशित समाचारको कारण । गत सोमबार कान्तिपुर दैनिकले एउटा खबर छाप्यो बुद्द एअरले गुल्मी सहितका पहाडी जिल्लामा उडान गर्ने भनेर । “दुर्गमतर्फ मोडियो बुद्ध” शिर्षकको समाचारमा सन् २०२० भित्रमा बुद्दले अर्को सहायक कम्पनी स्थापना गरेर हिमाली र उच्च पहाडी भेगतर्फ सेवा विस्तार गर्न लागेको बताईएको छ । बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई उदृत गर्दै अमेरिकी सेस्ना स्काई कुरियर विमान खरिद गरेर काठमाडौंबाट गुल्मी सहित रुम्जाटार, भोजपुर, ताप्लेजुङ, लुक्ला, पोखरा र जोमसोम र गुल्मी उडान लागिएको जनाईएको छ ।

के भयो के के बाँकी छन् ?

परिक्षण उडान पछी निर्माणको काम शुन्य प्राय: नै छ । जग्गा अधिक्रणको काम धेरै जसो पहिले नै सकिसकेको थियो र बाँकी रहेका अधिक्रणको काम सबै यतिबेला सम्म सकिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले निर्माणाधिन रेसुंगा बिमानस्थलको धावनमार्ग कालोपत्रे गर्नको लागि टेण्डर आव्हान गरेर ठेक्का दिए पनि थप काम भने केही भएको छैन । १३ करोड १८ लाख रुपैँयामा ठेक्का दिए पनि निर्माण कम्पनीले काम सुरु नगरीसकेको बिमानस्थल निर्माण समितीका अध्यक्ष मधु कृष्ण पन्तले बताए । “टेन्डरको प्रकृया सकिएको छ”, पन्तले भने, ” उडान शुरु हुन निर्माण कम्पनीले कालोपत्रेको काम सक्नै पर्ने हुन्छ ।” धावनमार्गको लम्बाई ५२० मिटर र चौडाई ३० मिटर रहने पन्तले जानकारी दिए ।

२०२० भित्र गुल्मी पुग्ला त बुद्धको जहाज ?

धावनमार्गको काम सकिए पनी बिमानस्थल सन्चालनको लागि टावर, भवनहरु र अन्य थप पुर्वाधारहरु पनि सम्पन्न हुनु पर्दछ । दैनिक सेवा प्रवाह र सुरक्षाका थुप्रै प्राविधिक सामाग्रीहरुको जडान पनि आवश्यक पर्दछ । २०२० सुरु हुन अब जम्मा साढे ३ महिना समय बाँकी छ । १५ महिना भित्र सबै काम सक्ने चुनौती निर्माण टिमलाई छ । कछुवाको गती भन्दा सुस्त काम गरिरहने प्रबृत्तीलाई रेसुंगा बिमानस्थल निर्माण टिमले चिर्न सकेन भने २०२० भित्रै आफ्नो नयाँ जहाजबाट गुल्मीको नियमित उडान थाल्ने बुद्धको सपना सपनामै सिमित रहनेछ ।

यो पनि पढ्नुस्: रेसुङ्गा बिमानस्थल बारे कस्ले के भने? मन्त्री देखी सर्वसाधारण सम्मको प्रतिकृया (बिशेष भिडियो रिपोर्ट)

गुल्मी मात्र नभएर ५ नम्बर प्रदेशलाई नै हावाईमार्गले जोड्ने भैरहवा बिमानस्थल पछी दोस्रो बिकल्पको रुपमा रहेको गौरबको आयोजनाबाट गुल्मेली मात्र हैन छिमेकी जिल्लाहरुका स्थानियहरु पनि निकै उत्साहित भएका थिए । उनिहरुको आफ्नो घर छेवैबाट जहाज चढेर भैरहवा, काठमाडौं, पोखरा लगायतका गन्तब्यमा पुग्ने जिजिबिषा कायमै छ । सास रहुन्जेल आश भने जस्तो सबैले आशा गरौँ र निर्माण कार्यलाई झक्झक्याउने काम पनि गरी राखौँ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D