बुटवल बसपार्कबाट गुल्मी हिँडेका दाजु बहिनी सम्पर्क बिहिन

टोपलाल अर्याल
गुल्मी, ९ चैत । जिल्लाको मुसिकोट नगरपालिका २ का दाजुबहिनी सम्पर्क बिहिन भएका छन् । मुसिकोट मैदान निवासी भुपेन्द्र जिसीको १३ बर्षीय छोरा बिजय र १२ बर्षीया छोरी सिचना जिसी सम्पर्क बिहिन भएका हुन् ।

शुक्रबार दिउँसो ३ बजे बुटवल बसपार्कबाट घर हिँडेका दाजुबहिनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा भुपेन्द्र जिसीले बताए । केहि बर्षदेखि जिसी परिवाले बुटवलमै ज्याला मजदुरी गर्दै आएका छन् ।

बिजय ६ महिनादेखि र सिचिना एक बर्षदेखि बाबा आमासंगै बस्ने गरेका थिए । आफुहरु काममा गएको बेला दाजुले बहिनी लिएर हिडेको र वुटवल बसपार्कमा सानीमाले बोलाउँदा भागेर हिडेको आमा कल्पना जिसीले बताइन् ।

उनले देशभर कोरोनाको संक्रमणको त्रास भइरहेका बेला छोराछोरी नै सम्पर्क बिहिन भएकाले थप पीडा भएको बताइन् । पहाड घर मुसिकोटमा पनि सम्पर्क भएकाले अहिलेसम्म नपुगेको जिसीले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ