gulminews logo
मंगलवार, २०८० चैत्र ६

बुटवलमा सुत्केरी गराउँदा गुल्मीका आमा बच्चाको ज्यान गयो, अस्पतालले लापारवाही गरेको परिवारको आरोप

काठमाडौं, १४ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पतालमा एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएकी गुल्मी मदाने गाउँपालिका- ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो अस्पताल भर्ना भएर परीक्षण गर्दा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका थिए । तर साँझसम्म दुवैको मृत्यु भएको हो ।

नर्मल प्रकृयामै सुत्केरी गराउन चिकित्सले प्रयास गरे पनि व्यथा नलागेपछि अप्रेशनमार्फत बच्चा निकाल्ने तयारी गर्दै गर्दा आमा र बच्चाको ज्यान गएको अस्पतालको दाबी छ । चार बजे स्वास्थ्य परीक्षण गर्दा आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । त्यसपछि व्यथा लगाउने औषधि दिइएको चिकित्सकहरूले बताएका छन् । तर औषधि दिइएको ३ घण्टाभित्र शिशुको र त्यसको २ घण्टापछि गीताको ज्यान गएको थियो ।

मृतक गीताले नियमित रुपमा गर्भ जाँच गराउँदै आएकी थिइन् । चिकित्सकको सल्लाह बमोजिम नै बिहीबार अस्पताल भर्ना भएको मृतकको परीवारले बताएका छन् ।

बिहीबार ७ बजे अप्रेसनको तयारी गरिसक्दा पेटमा भएको शिशुको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका थिए । त्यसपछि मृतकको श्वासप्रश्वासमा समेत एक्कासि समस्या आएको र राति ९ बजे गीताको ज्यान गएको अस्पतालले जनाएको छ ।

उता मृतकका आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण गीता र शिशुको ज्यान गएको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । मृतकका आफन्तहरूले शुक्रबार बिहान केहीबेर प्रदर्शनसमेत गरेका थिए । अहिले मृतकका आफन्त र अस्पतालबीच छलफल भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D