gulminews logo
मंगलवार, २०८० चैत्र ६

बिवादमा घिउ नथपौँ: परराष्ट्रमन्त्री ज्ञवाली

अनिल खत्री
१३ मंसिर, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । गुल्मीको नयाँगाउँमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काकोे शोक सभामाबोन्दै मन्त्री ज्ञवालीले सके बिबादमा पानी राख्न र नसके घ्यू नराख्न लागि आग्रह गरे ।

नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट उपगुट बनाएर अनाबश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरङ्ग्याउन सुल्झाए । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधानहुने बताए । भ्रष्ट्रचारीहरुलाई पाताफर्काएर जेल हाल्ने बताए । मन्त्री ज्ञवालीले बर्तमान सरकारले भ्रष्ट्रचार गर्नै आफना वा अरु जो कोहीलाई पनि जेल हाल्ने चेतावनी दिए ।

बर्तमान सरकारले भ्रष्ट्रचारीहरुलाई कारबाही गरेको देखेर देशमा भ्रष्ट्रचारीहरु अताल्लिएको बताए । सुनकाण्ड ,ललितानिवास काण्ड होस या भ्याट छली गर्ने काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले ठुला ठुलाब्याक्तिहरु पनि जेलमा रहेको बताउँदै नेकपा , काँग्रेस , राप्रपाजो भएपनि नछाड्ने दाबी गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य ,पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर–२ का सांसंद गोकर्ण बिष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी बिभाजन नहुने बताए । पार्टीमा देखिएको बिवाद समधान भएर एक ढिक्का भएर अगाडी बढ््ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बराल लगायत जिल्ला स्तरिय नेताहरुले नेताबोम खडकाले देखेका सपनाहरु, बिकास निर्माणका बाँकीकामहरु पुरा गर्नुपर्नेमा जोड दिए । शोक सभामाबोल्ने बत्ताहरुले बोम खडका पार्टीको एक असल रणनीतिकार , परिपक्व नेता र संयोजनकारी नेताभएको चर्चा गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D