gulminews logo
मंगलवार, २०८० चैत्र ६

बिपदमा नमुना बन्दै गुल्मेली एकता, कोभिड–१९ बिरुद्ध कस्सिएका छन् मन्त्रीदेखि समुदाय

टोपलाल अर्याल
जेष्ठ १३, गुल्मी । भर्खरै लिम्घेली युवाहरुले अक्सिजन सिलिण्डर, अक्सिमिटर र एन्जिजिन किट लगायत करिव २ लाखका सामग्री जुटाएर स्वास्थ्यचौकीलाई प्रदान गरे । काठमाण्डौमा बस्ने गुल्मेलीहरुले सहयोगी हात अभियान संचालन गरेर केहि समय अगाडी अक्सिजन सिलिण्डर जिल्ला पठाए । ‘सहयोगी हात’ मार्फत अझै अक्सिजन र औषधी उपकरण आउँदैछन् । नेपाल पत्रकार महासंघले जिल्लामा अक्सिजन अभियान संचालन ग¥यो । अभियान मार्फत ६० लाख अक्सिजन प्लाण्ट निर्माण गर्न गुल्मी अस्पताललाई प्रदान गरेको छ । त्यो बाहेक जिल्लाका दुई ठुला गुल्मी र रेसुंगा अस्पताललाई अक्सिजन वितरण गरिरहेको छ । जिल्ला समन्वय समिति गुल्मीले पनि पत्रकार महासघकै अभियान एक्यवद्धता जनाउदै १० लाख अक्सिजन प्लान्टमा सहयोग गर्यो । त्यो मात्र होइन सबै स्थानीय तह र सघ/सस्थालाई सहयोग गर्न आग्रह गरेको थियो ।

जापान, युके, कतार लगायतका देशमा पनि अभियान संचालन भएका छन् । परदेशी गुल्मेलीहरुको संस्थाहरुले पनि पत्रकार महासंघ मार्फत अक्सिजन प्लान्ट र गाउँगाउँका स्वास्थ्य संस्थाहरुमा औषधी, उपकरण र स्वास्थ्य सामग्री वितरणमा सहयोग गरिरहेका छन् । बिपद्मा गुल्मेली एकता देशमै नमुना छ । कोभिड १९–को नियन्त्रण तथा उपचार पछिल्लो उदाहरण हो । आगलागीले ध्वस्त मुसिकोट ४ को दजाकोट स्वदेश तथा परदेशमा रहने गुल्मेलीकै सहयोगमा उठ्यो । पहिरोले अत्यन्तै प्रभावित सत्यवति र इस्माका पहिरो पीडितको उद्धार, राहत र पुर्नस्थापनामा समेत कैयौ महत्वपूर्ण काम भए । मृगौला, क्यान्सर, ब्रोन म्यारो लगायतका जटिल रोगले पीडत गुल्मेलीको सहयोगमा लाखौ रकम एक हप्तामा उठ्छ । बिपद्मा गुल्मेली मन्त्रीदेखि समुदाय स्तरका नागरिक सधै एक हुन्छन् । कोभिड १९–को नियन्त्रण र उपचारमा गुल्मीका विभिन्न स्थानीय तहले आआफ्नै योजना बनाएका छन् ।

संभावित लक्षण देखिएको समुदायमा दैनिक परिक्षण गर्ने र स्वास्थ्य अवस्थाको आधारमा आफ्नै कोभिड अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने गरेका छन् । गाउँगाउँका युवा क्लव, समुह र संघसंस्थाले स्थानीय तहलाई सहजीकरण र सहयोग गरिरहेका छन् । औषधी व्यावसायी, वितरक संघ, राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठानले पनि कोभिड १९ बिरुद्धका सहयोग गरिरहेका छन् । त्यो बाहेक गुल्मेलीहरुकै कैयौ व्यक्तिहरुको पहलमा डाँफे फाउण्डेसन, नेपाल क्रिटिकल केयर लगायतका संस्थाहरुले पनि विभिन्न सामग्रीहरु सहयोग गरे ।

पछिल्लो समय जिल्लाका मन्त्री तथा सांसदहरुको पनि कोभिड १९ को नियन्त्रण र उपचारमा बिशेष चासो र चिन्ता देखिएको छ । बिहिबार मात्रै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मी अस्पतालसहित अन्य प्राथमिक स्वास्थ्य केन्द्रहरुको लागि अक्सिजनसहितका सिलिन्डर, कन्सन्टेटर, माक्स लगायतका महत्वपूर्ण स्वास्थ्य सामग्री पठाएका छन्् । ज्ञवालीका स्वकीय सचिव जङ्ग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६० वटा अक्सिजन सहितका सिलिन्डर, ९ वटा अक्सिजन कन्सन्टेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, ल्ढछ माक्स पाचँ सय, गाउन र पिपिई दुई÷दुई सय थान, एन्टिजेन्ट किट १ हजार ५ सय, पाँच बेड लगायतका स्वास्थ्य सामग्री प्रदान गरे । मन्त्री ज्ञवालीको पहलमा अक्सिजन प्लान्टको लागि १ करोड र ५ बेडको आइसियुको लागि २ करोड बिनियोजन भएको छ ।

त्यस्तै पुर्व मन्त्री गोकर्ण बिष्टले अक्सिजनको चरम अभाव भएका बेला ४५ थान अक्सिजन जिल्ला पठाएका थिए । त्यो संगै पत्रकार महासंघले संचालन गरेको अक्सिजन अभियानमा १० लाख जुटाउने प्रतिबद्धता गरेका छन् । कांग्रेस नेता चन्द्र भण्डारीले आफुले पनि जिल्लामा कोभिड १९ को बिरुद्धमा अक्सिजन अभियानमा ऐक्यवद्धता गर्दै सहयोग गरिरहेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादीका जिल्ला स्तरिय नेताहरुले पनि कोभिड नियन्त्रण र उपचारमा अस्पताल तथा प्रशासनका सहजीकरण र दवाव सृजना गर्दै आएका छन् ।

नेपाली कांग्रेसका गुल्मीका सभापति भुवन प्रसाद श्रेष्टले सवैभन्दा पहिले कोभिड १९ को बिषय परिस्थतीका बिषयमा सरकार र सरकारका निकाय गम्भीर बन्नु पर्ने बताए । ‘बिपन्न नागरिक भोक प्यास छोपेर सरकारकै हितमा उभिएको छ्, सरकार सत्तामै डुब्यो,’उनले भने,‘समयकै सरकार गम्भीर नभएकाले ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।’ गुल्मी अस्पतालमा जिल्लाका १२ वटै स्थानीय तहका नागरिकले उपचार गरिरहेका छन् । कोभिड १९ प्रयोगशालामा सवै स्थानीय तहबाट स्वाब संकलन गरेर परिक्षण धमाधम भइरहेको छ ।

जिल्लाका १२ वटै स्थानीय तहले सहयोग गरेर प्रयोगशाला संचालनमा ल्याएका छन् । गुल्मेली मन्त्री, नेता कार्यकर्ता र समुदाय स्तरको सहयोगबाट आफु प्रभावित भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । ‘बिपद्मा गुल्मेली एकता देशमै उत्कृष्ट छ,’उनले भने,‘अस्पतालले मन्त्री नेता, पत्रकार र समुदायको सहयोग दैनिक पाएको छ ।’ प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले सवैको सहयोगलेनै जिल्लामा महामारी नियन्त्रण, उपचार र शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै काम गरिएको बताइन् । ‘जिल्लाको अभाव र प्रभावमा स्वदेश तथा परदेशका गुल्मेलीहरुको सहयोग र समन्वय राम्रो पाएँ,’उनले भनिन,‘सहयोग गर्ने सवैप्रति आभारी छु ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D