gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बिपदमा नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियान, देश बिदेशबाट सहयोगको आह्वान

सागर भण्डारी
गुल्मी, बैशाख २८ । नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण तीब्र गतिमा बढ्दै जान थालेसगैं भयावह स्थितिको सामना गर्न कठिन परिस्थिति सिर्जना हुँदै गएपछि नेपाल पत्रकार महासघं गुल्मीले अक्सिजन खरिदका लागि सहयोग सकंलन गरिरहेको छ ।

पछिल्लो समय सक्रंमितहरु अक्सिजन नपाएरै ज्यान गुमाउन बाध्य भएका घटनाहरु बढ्दै जान थालेपछि महासघंले सहयोग सकंलन अभियान सुरु गरेको हो । जिल्लामा अक्सिजन अभावकै कारण ज्यान गुमाउनुपर्ने विकराल अवस्थालाई कम गर्नका लागि सहयोग सकंलन अभियान सुरु गरेको महासघंका जिल्ला शाखा अध्यक्ष टोपलाल अर्यालले बताए ।

अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरु आएपछि महासघंले जिल्लाबासीलाई अक्सिजन अभावकै कारण ज्यान गुमाउनुपर्ने समस्या समाधानका लागि अक्सिजन खरिद अभियानलाई प्राथमिकता दिएर सहयोग सकंलन गरिरहेको उनको भनाई छ । जिल्लामा रहेका १२ वटै स्थानीय तहका नागरिकहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउनपर्ने स्थिति नआओस् भन्ने नै अभियानको प्रमुख उद्धेश्य रहेको अर्यालले बताए ।

अर्यालका अनुसार वैशाख २५ गतेबाट सुरु भएको महासघंको यो अभियानमा अहिलेसम्म झण्डै ७ लाख भन्दा माथि रकम सकंलन भएको छ । सहयोग सकंलन अभियान अझै पनि जारी नै रहेको छ । विपदका समाचार लेख्ने र हेर्ने भन्दा पनि यो विपत्तीको लडाईमा लागेका सम्पूर्ण स्वाथ्यकर्मी र सरोकारवालाहरुसगं हातेमालो गरेर अगाडी बढने सोँच पत्रकार महासघं गुल्मी शाखाले बनाएको छ ।

यसैबीच सकंलित रकम मध्ये ५ लाख रकमबाट २० वटा अक्सिजन सिलिन्डर खरिदका लागि पठाईएको छ । मगंलबार महासघंको खातामा सकंलित रकम मध्येबाट उक्त रकम अक्सिजन सिलिण्डर खरिदका लागि पठाएको हो । अहिले तत्कालका लागि सकंलित रकमबाट २० वटा अक्सिजन सिलिण्डर खरिदका लागि रकम पठाईएको महासघं गुल्मी शाखाले जनाएको छ ।

उक्त अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा गुल्मी अस्पताललाई १० थान उपलब्ध गराउने र बाँकी १० थान जिल्ला कोभिड १९ सकंट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई प्रदान गर्ने निर्णय भएको छ ।

महासघंले सुरु गरेको यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । विपदको समयमा सबै एकजुट हुनुपर्छ भन्ने सन्देशका साथ रोजगारीका क्रममा विदेशमा रहेका, स्वदेशमा रहेका व्यक्ति विभिन्न सघं संस्थाले सहयोग गरिरहेका छन् । महासघंले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । यो अभियान कोरोना सक्रंमण साम्य नहुन्जेल जारी रहने भएको छ ।

पहिलो चरणमा अक्सिजननै प्राथमिकतामा राखेर अभियान थालेको महासघंले अहिले फेरी सक्रंमितहरु घरमै बस्ने र अन्तिम अवस्थामा भेन्टिलेटर वा आईसीयुको आवश्यकता परेपछि मात्रै अस्पताल जाने स्थिति बनेपछि गुल्मी अस्पतालले सञ्चालन गर्न लागेको एससीयूलाई पनि सहयोग गर्ने उद्धेश्य राखेको छ । यस्तो बेलामा अस्पतालमा शैया नै नपाउने र अन्तिममा ज्यान गुमाउने स्थिति पनि बनेको छ महासघंका अध्यक्ष अर्यालले भने यस अवस्थामा रकम सकंलन हुने क्रम बढ्दै गएमा गुल्मी अस्पतालको उक्त कार्यलाई पनि सहयोग गर्ने उद्धेश्य रहेको छ ।

अर्यालले जिल्लाबासीको जीवन रक्षाका लागि नेपाल पत्रकार महासघंले सुरु गरेको यो अभियानमा सहयोग गरी पुण्य काम गर्न सबैलाई आग्रह गरेका छन् । अहिले हाम्रा बुबाआमा दाजुभाई दिदी बहिनीहरुको जीवन बचाउनु नै हाम्रो प्रमुख दायित्व बनेको छ उनले भने हामीले एक छाक नखाएर कसैको जीवन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने ?

सहयोग सकंलनका लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत नै अभियान सञ्चालन गरिरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D