gulminews logo
शनिबार, २०८१ बैशाख ८

बिद्युतलाई एकहप्ते अल्टिमेटम; हप्तादिन कुर्छौ, प्राविधिक समस्या पहिचान होस्, नियमित बिद्युत चाहियो

गुल्मी ६ कार्तिक । दैनिक अनियमित बिद्युत भएपछि सामाजिक संजालमा संगठित हुने र आन्दोलनका चेतावनी आउन थालेका छन् । लोडसेडिङ मुक्त जिल्लामा अहिले बिद्युत आउनेभन्दा बन्द हुने समय बढि हुन थालेको छ । साँझ–बिहान मात्रै नभएर दिउँसोमा समेत छिनछिनमा बिद्युत अवरुद्ध हुँदा नागरिकले निकै सास्ती खेप्न परिरहेको छ ।

सूचना र तालिका बिना बिद्युत अवरुद्ध हुँदा उद्योगी, व्यावसायी र संचारमाध्यम तथा आम उपभोक्ता आक्रोसित भएको नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले बताए । बिद्युत कार्यालयका अनुसार बिद्युत आपुर्तिमा कमि छैन । तर नागरिकले अनियमित बिद्युतका कारण लामो समयदेखि सास्ती खेप्दै आएका छन् । सोहि अवस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा आधारभुत सेवा प्रदायक कार्यालय र सरोकारवालबिच छलफल गरिएको छ । मुख्य गरेर विद्युत, यातायात र दुरसञ्चार सेवाका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।

बिद्युत र दुरसञ्चारको बिषयमा नागरिक र सरोकारवालाहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत कार्यालय, नेपाल टेलिकम कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय प्रमुखहरु र उद्योग बाणिज्य संघ, नागरिक समाज तथा पत्रकारहरु लगायतका सरोकारवालाबिच छलफल तथा अन्तरक्रिया गरेका थिए । छलफलमा उद्योगी व्यावसायी, आम संचार माध्यम र नागरिकले पाएको सास्तीको बारेमा सरोकारवालाले सेवाप्रदाय कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

छलफल पछि सेवाप्रदायक कार्यालयहरुको बिचमा लिखित निर्णयहरु समेत भएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने निर्णय भएको छ । त्यस्तै वास्तविक समस्या र विद्युत कार्यालयको तर्फबाट भएका प्रयत्न नागरिकलाई जानकारी गराउने, टेलिफोनमा उपभोक्तासंग बिनम्रता प्रस्तुत गर्ने पनि निर्णय भएको छ । यसैबिच दुरसञ्चार सेवाको बिषयमा पनि केहि निर्णयहरु भएका छन् ।

नेपाल टेलिकम गुल्मीका प्रमुुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावरहरु एक महिनाभित्र संचालन प्रतिवद्धता जनाएका छन् । त्यस्तै भुवाचिदी, ग्वाघा, रेसुङ्गा पोखरीमा टेण्डर स्वीकृत भएकोले शीघ्र निर्माण कार्य गर्ने र घमिर मुसिकोट र भाडगाउँमा टावर थप गर्न केन्द्रमा अनुरोध गर्ने सापकोटाले प्रतिवद्धता जनाए । यातायात सेवालाई व्यवस्थित गर्ने यातयात व्यावसायीसंग थप छलफल गर्ने, चाडपर्वका समयमा व्यावसायीक संस्थाहरुले थप यातयातका साधन थप व्यवस्था गर्ने र मुख्य तम्घास बजारमा गाडी पार्किङमा व्यावसायीको भुमिकालाई बढाउन उद्योग बाणिज्य संघले नेतृत्व गर्ने निर्णय भएको छ ।

सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने र दुर्घटनाको अध्ययन, न्युनिकरणका लागी आवश्यक काम प्रशासनले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । ‘एक समस्याले अर्को समस्या उत्पन्न नहुँदै समाधान खोज्न नसके थप क्षति पनि हुन सक्छ,’पौडेलले भने,’त्यस कारण प्रशासनको छलफल बोलाएको हो ।’ पौडेलले समस्या सवैका भएकाले समाधानको प्रयत्न पनि सवैले सवै ठाउँबाट गर्न आवश्यक भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D