gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

बिचौलियाकै हातमा हाटबजार, कृषक र उपभोक्ता सधैं मारमा

टोपलाल अर्याल
गुल्मी, २३ कार्तिक । किसानले अझै पनि उत्पादन अनुसारको मुल्य र बजार पाएका छैनन् । बजारमा व्यावासायी चोक अनुसार मनलाग्दी मुल्य गर्छन् । कृषि उत्पादनको मुल्य उत्पादकबाट उपभोक्तासम्म पुग्दा ५० प्रतिशतले बढ्छ । जसका कारण कृषक र उपभोक्ता सधै बिचौलियाको मारमा छन् । सरकारले कृषि उत्पादनको बजार र मुल्यको ग्यारेण्टि गर्न सकिरहेको छैन । सरकारी स्तरबाट संचालन भएका योजनाहरु र संयन्त्रहरु दिर्घकालिन र गुणस्तरिय छैनन् ।

रेसुंगा नगरपालिकासंग दिर्घकालिन योजना नहुँदा हाटबजारको त्यहि अवस्था रहेको छ । सात महिनादेखि बन्द भएर पार्किङ्ग स्थल बनेको हाटबजार अहिले फेरि संचालन आएको छ । खोल्ने र बन्द गर्ने नगरको मजाकसंग उपभोक्ताको नयाँ आशा छैन् । उत्पादक र उपभोक्ताबिचको मुल्य कम गरेर बिचौलियाको अन्त्य र कृषि उत्पादनको बजारीकरणको पूर्ण ग्यारेण्टी गर्न हाटबजार संचालन गरिएको हो । हाटबजारको लागि विभिन्न तह र निकायको दुई करोड बढिको खर्च भएको छ ।

०७५ सालबाट संचालन आएको आधुनिक हाटबजार सुरुमा नगर आफैले संचालन ग¥र्यो । हाटबजार संचालन भएपछि केहि समय कृषकहरु निकै उत्साहित भए । नगरकै गाडी गाउँ पुगेर कृषि उत्पादन खरिद गर्न थाल्यो । स्वयम किसानले पनि व्यावसायीलाई बिचौलिया भनेर आलोचना गर्न थाले । तर, नगरले दिर्घकालिन रुपमा हाटबजार संचालन गर्न सकेन । पटक–पटक हाटबजार बन्द पनि हुँदै आयो ।

व्यावसायीले नै हाटबजार संचालन गर्दै

संचालन गर्न नसकेर दुई पटक बन्द भएपछि रेसुंगा नगरपालिकाले तरकारी तथा फलफुल व्यावसायी संघलाई हाटबजार सुम्पेको छ । संघका अध्यक्ष धनबहादुर रानाले तत्काल शनिबार मात्रै र निर्वाचनपछि दैनिक हाटबजार संचालन गर्ने बताए । उत्पादकबाट कृषि वस्तु उपभोक्तासम्म पुराउन कोहि न कोहि मध्येस्तकर्ता आवश्यक पर्ने भएकाले बिचमा कमिशन खाएर काम गर्ने व्यावसायीलाई बिचौलिया भन्नु ठुलो कुरा नभएको बताए ।

‘सुरुमा बिचौलिया भने व्यावसायीले टुलुटुल हाटबजार हेरेर बसियो । अहिले आफैले काम गर्दैछौ,’ उनले भने, ‘धेरै बेच्ने र कम नाफा कमाउने उदेश्यले हाटबजार संचालन गरेका छौ ।’ हाटबजार संचालन गर्ने तरकारी तथा फलफुल व्यावसायीका आफ्नै व्याबसाय छन् । उनीहरुले हाटबजारमा आफ्नो व्यावसाय डुवाएर हाटबजारमा सस्तोमा कृषि उत्पादन बिक्री गर्नेमा उपभोक्ताहरुमा शंका छ । तरकारी तथा फलफुल व्यावसायी संघका अध्यक्ष राना आफैले स्वभाविक रुपमा हाटबजारमा भन्दा व्यावसायीको पसलमा १०÷१५ रुपैयाँ बढि मुल्य हुने बताउँछन् ।

दिर्घकालिन योजना नहुँदा पटक–पटक बन्द

कृषि कर्मलाई प्रोत्साहन गर्ने, कृषकलाई उत्पादनको उचित मुल्यसहित बजारीकरणमा टेवा पुराउने तथा उपभोक्तालाई कम मुल्यमा गुणस्तरिय कृषि उत्पादनको उपयोगका निम्ती हाटबजार संचालन गरिएको हो । तर, हाटबजारको ठोस योजना नहुँदा संचालनमा चुनौति देखिएको अगुवा कृषक बिनोद कुवंरले बताए । हाटबजार व्यावसायीलाई दिएपछि नगर र व्यावसायीलाई केहि फाइदा भएपनि किसान र उपभोक्तालाई केहि नहुने कुवंरले बताए । ‘सुरुमा व्यावासायीलाई बिचौलिया भन्दै कृषि उत्पादन बोकेर हाटबजार पुग्ने हामीनै हो । अहिले उनीहरुकै हातमा हाटबजार पुग्यो,’उनले भने,‘किसानको लागि खास दिर्घकालिन योजना भएनन्, नगर र व्यावसायीले आफ्नो मात्रै फाइदा हेरे ।’ उनले अझै पनि कृषकको कृषि उत्पादनको मुल्य नदिने तर बजारमा दोब्बर मुल्यमा बिक्री प्रवृति भएकाले केहि आशा नभएका बताए ।

नगर र संघबिच दुई बर्षे सम्झौता

रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमका अनुसार नगर र संघबिच दुई बर्षको लागि संचालनको सम्झौता भएको छ । त्यो बापत संघले सुरुको दुई महिना निःशुल्क, त्यसपछिको चार महिना प्रति महिना २० हजार र त्यसपछिको प्रति महिना ४० हजारका दरले संघले नगरपालिकालाई भाडा बुझाउने सहमति भएको गौतमले जानकारी दिए । हाटबजारको बिजुली र पानीको शुल्क भने तरकारी तथा फलफूल व्यवसायी संघल व्यहोर्नुपर्नेछ । गौतमले आफुहरु पनि पर्ख र हेरको स्थितीमा रहेकाले छोटो अवधीको सम्झौता गरिएको बताए ।

बर्तमान र पुर्व मेयरका आ–आफ्नै तर्क

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले हाटबजार संचालनको जिम्मा तरकारी तथा फलफुल व्यावसायी संघलाई दिएपनि नगरपालिकाले नियमित अनुगमन गरेर समस्याहरुको सुधार गर्ने बताए । नीजि क्षेत्रको प्रवेशले कृषक र उपभोक्तालाई कुनै समस्या नपर्ने गरेर सहजीकरण गरिने पन्थीको भनाई छ । पुर्व मेयर डिल्लीराज भुसालले नगरपालिकाले व्यावसायीलाई हाटबजार संचालन गर्न दिएको प्रति आपत्ती जनाए । उनले आफुहरुले किसान र उपभोक्तालाई नजिक बनाउने उदेश्यले हाटबजार संचालन गरेपनि बर्तमान नगर नेतृत्वले हाटबजार व्यावसायीलाई बिक्री गरेको आरोप लगाए । किसान र उपभोक्ताको बिचमा व्यावसायी उभिएपछि हाटबजार संचालनको मर्म गुमेको भुसालले गुनासो गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D