gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बालिविज्ञानका विद्यार्थीहरुलाई टनेल वितरण

हुमाकान्त पोखरेल
गुल्मी, ०२ पौष ः गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क टनेल वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकमा रहेको पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञान तर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ जना विद्यार्थीहरुलाई तरकारी खेतीको लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीहरुलाई टनेल वितरण गरिएको हो ।

पाञ्चायन माध्यमिक विद्यालयले विगत छ बर्षदेखि कक्षा नौ बाट कृषि शिक्षा संचालन गर्दै आएको छ । जसमध्ये कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई टनेल प्रदान गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समेटिएको थियो । सोही कार्यक्रमअनुसार बिहीबार टनेल प्रदान गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D