gulminews logo
बिहीबार, २०८१ बैशाख १३

‘बालमन्दिर’ मै बिहेको पार्टी र सभा समारोह

टोपलाल अर्याल
गुल्मी, २० फागुन। “बाल मन्दिर”, नामै काफी छ । बा–आमापछिको पहिलो पाठशाला । जहाँ बालबालिकालाई अक्षारम्भ र एक बर्ष बिद्यालयको अभ्यास गराइन्छ । मंगलबार बिहेका कारण बाल मन्दिर पार्टी प्यालेसभन्दा कम थिएन् । सदरमुकामको मुटु अर्थाल जिल्ला प्रशासन कार्यालयको अगाडीकै बाल मन्दिरमा बालबालिकाको पढाई स्थिगित गरेर बिहेको भोज संचालन गरियो । तम्घास बाल मन्दिरको प्रध्यानाध्यापक भिम कुमारी श्रेष्ठले पहिलेदेखि बिभिन्न कार्यक्रममा बाल मन्दिर प्रयोग भएकाले अहिले पनि भाडामा बिहे भोजको लागि दिएको बताइन् । मंगलबार स्थानीय बसपार्क कै चोप नारायण पाण्डेयका छोराको बिहे भोज बालमन्दिरमा राखिएको थियो ।

’भोजका कारण पढाई प्रभावित हुने भएकाले बालबालिका बालमन्दिर बोलाएनौ,’श्रेष्ठले भनिन,‘समितिलाई सोधेर भाडामा दिएकी हुँ ।’ श्रेष्ठका अनुसार बाल मन्दिरमा अहिले ५४ जना बालबालिका छन् । त्यो मध्ये ३०/३५ जना नियमित आउँछन् । दुई बर्ष पुरा भएर चार बर्ष नपुगेका बालबालिकालाई बालमन्दिरमा प्रत्येक बर्ष फागुन १ गते भर्ना लिने गरिएको प्रध्यानाध्यापक श्रेष्ठले जानकारी दिइन् । एक बिद्यार्थीको एक हजार समितिले भर्ना शुल्क लिने गरेको छ । बाल मन्दिरमा समितिको स्रोतबाट प्रध्यानाध्यापक श्रेष्ठ र दुई कार्यालय सहयोगी तथा दरबन्दीमा दुई शिक्षिका कार्यरत छन् ।

भाडाकै कारण अथित्व संकटमा

तम्घास बाल मन्दिर ०३२ सालमा स्थापना भएको हो । यो बाल मन्दिर पहिले राजपरिवारको संरक्षकत्वमा संचालनमा रह्यो । अहिले नेपाल बाल संगठन गुल्मी मार्फत बालमन्दिरको व्यावस्थापन र संचालनको काम भइरहेको छ । पैसाकै लागि दलका सभादेखि बिहेका पार्टीमा समेत प्रयोग भएकाले बाल मन्दिरको अस्थित्व समेत संकटमा परेको छ । अन्य समयमा पनि थुप्रै पटक बालमन्दिरमा सभा सम्मेलन संचालन भएकाले बालबालिकाको भविष्य माथी बर्षौदेखि खेलवडा भइरहेको छ । यो बिषयमा सवै तै चुप मै चुप छन् । भाडाको नाउँमा बालमन्दिरकोे पवित्रता नामेट पार्ने काम भएको नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेयले बताए । सदरमुकामै बालबालिकाको पढाई बन्द गरेर पैसाको लागि बालमन्दिरमा बिहे भोज हुनु लज्जाको बिषय भएको पाण्डेयले बताए । उनले पच्यात कालमा राजारानी आएर बालमन्दिर हेर्ने र बस्ने तथा संरक्षणको लागि आवश्यक बजेट उपलब्ध गराउने गरेको स्मरण गरे ।

बालमन्दिर व्यास्थापनको संकट

जिल्ला बाल कल्याण समितिका सचिव हरि कुमार श्रेष्ठले बालमन्दिरको व्यावस्थापनकै लागि भाडामा दिने निर्णय धेरै पहिलेबाटै गरिएको बताए । केहि बर्ष पहिलेसम्म सदरमुकाममा अन्य कुनै स्थानमा सभाहलसहितको सार्वजनिक स्थल नभएकाले दलदेखि संघसंस्थाले बालमन्दिरको प्रयोग बढि गर्थे । अहिले पार्टी प्यालेस खुलेका छन् । होटलहरुमा समेत हल बनाउन थालिएको छ । तर पनि बालमन्दिर खोज्न छोडिएको छैन् । त्यसको कारण बालमन्दिरमा कम शुल्क छ । सचिव श्रेष्ठले प्रति दिन दुई हजारका दरले बालमन्दिर भाडामा दिने निर्णय गरेको बताए । स्थानीय समेत रहेका अधिवक्ता बिनोद पाण्डेयले राज्यले बालमन्दिर पुरानो ऐतिहासिक शैक्षिक संस्था भएकाले संरक्षणमा ध्यान पुराउनुपर्नेमा जोड दिए । ‘राज्यले बजेट दिएर बालमन्दिरको संरक्षण गरे, समितिले पनि भाडामा दिने निर्णय सच्याउनुप¥यो,’उनले भने,‘भाडाकै लागि भोज खाने र राजनैतिक अखडा बालमन्दिर बन्नु हुँदैन् ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D