बालबालिका विद्यालय नपठाउने अभिभावकको सेवा–सुविधामा कटौति : नेता विष्ट

हुमाकान्त पोखरेल
गुल्मी, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले बालबालिका विद्यालय नपठाउने अभिभावकहरुको सेवा–सुविधा राज्यले कटौति गर्ने बताए ।

आइतबार गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लास्थित भगभती माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव समारोहमा बोल्दै नेता विष्टले यस्तो बताएका हुन् । ‘अहिले सरकारले सबै बालबालिकालाई अनिवार्य शिक्षाको व्यवस्था गरेको छ ।’ उनले भने, ‘एउटा पनि बालबालिका विद्यालय बाहिर नरहने गरी काम गरिरहेका छौ ।’ यदि कोहि आर्थिक हिसाबले विपन्न रहे त्यसको जिम्मा राज्यले लिने बताउदै नेता विष्टले यदि कसैले अटेर गरी विद्यालय नपठाएमा अभिभावकलाई राज्यबाट प्रदान गरिने सेवा–सुविधामा समेत कटौति गरिने बताए । त्यसका साथै नेता विष्टले आफुहरु यस क्षेत्रको विकासका लागि गम्भिर रहेको भन्दै विकासका नयाँ योजनाहरु ल्याएको बताए ।

एक घर–एक धारा, सुरक्षित आवास, खरका छाना विस्थापन गरि टिनका छाना लगाउने, सबै घरमा विद्युत पु¥र्याउने लगायतका योजना रहेको उनले बताए । गाउँपालिका केन्द्रमा १५ शैया तथा गुल्मी सदरमुकाम तम्घासमा नेपालकै पहाडि जिल्लामा सबैभन्दा ठुलो अस्पताल बनाउने योजना रहेको उनले बताए । सेउघा–बर्बोट सडक पिचको लागि टेन्डर गरिएको, सिमलटारी–सौतामारे सडक पिच गर्ने, बर्बोट–वाग्ला–सिर्सेनी सडकको लागि बजेट विनियोजन गरिएको जस्ता महत्वपूर्ण कार्यहरु गरिएको उनले बताए ।

नेता विष्टले भगभती माविको नवनिर्मित ४ कोठे भवनको पनि उद्घाटन गरेका छन् । उक्त भवन राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई, गुल्मीद्धारा ६९ लाखको लागितमा निर्माण भएको थियो । ०७५ पुस १२ बाट काम सुरु गरिएको भवन गत माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ