Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान - Gulminews

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारी
गुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ । विभिन्न कारणबस विद्यालयको पहुँचसम्म नपुगेका बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन नगरपालिकाले अभियान थालेको हो ।

शिक्षाको अधिकार स्थानीय तहमा पुगे पनि अझै पनि कतिपय बालबालिकाहरु विद्यालय भर्ना हुन नसकेकाले उनीहरुलाई विद्यालयमा भर्ना गर्न र निशुल्क विद्यालय शिक्षाको प्रत्याभूत गराउन नगरपालिकाले अभियानकै रुपमा कार्यक्रम अगाडी बढाएको नगर शिक्षा शाखाको भनाई छ ।

नगरपालिकाले प्रारम्भिक चरणमा वडागत रुपमा विद्यालयमा भर्ना नभएका विद्यालय उमेर समुहका बालबालिकाहरुको तथ्याङ्क सकंलन गर्न थालेको छ । सार्वजनिक सुचना जारी गर्दै नगर शिक्षा शाखाले ९ वटै वडा कार्यालयलाई पत्राचार गरी त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

नगरशिक्षा अधिकृत प्रकाश नेपालीले आर्थिक वर्ष २०७८÷७९ को कार्यक्रम अन्तर्गत विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने गरी तथ्याङ्क सकंलन गर्न लागिएको बताए । उनले यस अगाडी भर्ना अभियान सञ्चालन गर्नु पूर्व प्रधानाध्यापकहरुको बैठकमा त्यस्ता बालबालिकाहरुको पहिचान गर्न आग्रह गरिएको र कतिपय बालबालिका अझै पनि विभिन्न कारणले विद्यालय जान नसकेको पाईएपछि उनीहरुलाई विद्यालय ल्याउने र आवश्यकताका आधारमा राहत प्रदान गरी विद्यालयमा टिकाई राख्ने वातावरण बनाउन नगरले अभियानकै रुपमा कार्यक्रम अगाडी बढाएको बताए ।

नगरपालिकाले त्यस्ता बालबालिकाहरुको विवरण सकंलन गरी उनीहरु विद्यालय आउन नसकेको कारण पत्ता लगाउने र त्यसको समाधान गरी विद्यालयमा भर्ना गरी नियमित विद्यालय पठाउने व्यवस्था गर्ने तयारी गरेको छ ।

आर्थिक रूपले विपन्न भएकै कारण विद्यालयको पहुँच बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर गुणस्तरीय शिक्षा दिनु पालिकाको प्रमुख उद्धेश्य रहेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको भनाई छ । शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने वातावरण बनाउन नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको भुषालले बताए ।
सविंधानले प्रत्याभुत गरेको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने अधिकारको सुनिश्चित गर्नु स्थानीय सरकारको पनि प्रमुख दायित्व रहेकोले यस्तो कार्यक्रम थालिएको नगरप्रमुख जीवन खरेलले बताए । उनले आर्थिक, पारिवारिक, सामाजिक तथा अन्य कारणले विद्यालय आउन नसकेको भए उनीहरुलाई आवश्यकताका आधारमा राहत तथा अन्य सामाग्री नगरपालिकाले व्यवस्था गर्ने र विद्यालयमा भर्ना गर्ने कार्यक्रम अगाडी बढाएको बताए ।

“के कारणले विद्यालय जान नसकेका हुन पहिले त्यो कुरा पत्ता लगाउँछौँ नगरप्रमुख खरेलले भने, उनीहरुका आवश्यकता पुरा गरी विद्यालय पठाउन विद्यालय, समुदाय र अभिभावकहरुलाई प्रेरित गर्छौँ” । विद्यालयको पहुँचमा पुगेर पनि नियमित विद्यालय नजाने विद्यार्थीहरुका लागि पनि छुट्टै कार्यक्रम सञ्चालन गरिने खरेलको भनाई छ ।

नगरपालिकाले सार्वजनिक गरेको २०७९÷०८० को नीति तथा कार्यक्रममा शैक्षिण गुणस्तर सुधारका लागि शिक्षालाई प्राथमिकता दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D