बुटवल, चैत्र १ । गुल्मीे राताडाँडाका रायमाझी परिवारमा शोक माथी शोक परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ बर्षिय नीरबहादुर रायमाझी (निराजन) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै बैदेशिक रोजगारका क्रममा ओमनमा आत्महत्या गरेका छन् ।
ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।

त्यस वडाका वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि ज्यान हाले पछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए ।
वडाध्यक्ष जिसीका अनुसार मृतकका दुई छोरा, श्रीमति आमा तीत दाजु भाई र दिदी वहिनीहरु रहेका छन । मृतकको शव ओमन स्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी गरिरहेको ओमन स्थित एनआरएनका सचिव डिबी क्षेत्रीले जानकारी दिए । नीरबहादुर गत आठ बर्ष देखि ओमनमा कार्यरतछ थिए । आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।







