gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बाँदर आतंकले किसान हैरान

हुमकान्त पोखरेल
गुल्मी, ०१ भदौ । धुर्कोट गाउँपालिका –५ वस्तुकी पावर्ता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा कुनै रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५-६ बर्ष पहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्राएकी पार्वताले यस बर्ष भने एक मुरीजति मकै भित्राइन् । कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । ‘राम्रै फले त छ मुरीसम्म हुन्थे, तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ ।’ उनले भनिन्, ‘मुख्य बाली नै नोक्सानी भएपनि निराशा हुँदोरहेछ ।’ उनको घरमा उनीसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उनले गुनासो गरिन् । वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । तर बाँदर आतकंले गर्दा एक महिनाअगाडी साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उनले गुनासो गरिन् ।

वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहो¥याउने समयदखि स्याहार्नेबेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको भण्डारीले बताए । ‘एक पटकमा ९० देखि सय वटासम्म बाँदरको हुल आउछ ।’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो ।’ भण्डारीले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको बताए । ‘बाँदर धपाउने बन्दुक दीगो समाधान होइन रहेछ ।’ उनले भने, ‘बाँदरका अगाडी आत्मसमर्पण गरेजस्तै भयो ।’ उनले बाँदरकै कारण वस्तुमा अधिकाशं जग्गा बाँझिएको गुनासो गरे ।

बाँदरले वस्तुका झण्डै दुईतिहाई कृषक हैरानी खेपेका छन् । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरु लगायत जिल्लाका अधिकाशं क्षेत्रमा बाँदरले सताउने गर्दछ । बादर नियन्त्रणका लागि गत बर्ष धुर्कोट गाउँपालिकाले २३ वटा बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठुलो आवाज निस्कने भएकोले केहीबेर बाँदर भागेपनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए । गाउँकार्यपालिकाले संघीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाएपनि कुनै सुनुवाई नभएको गुनासो गरे । जिल्ला बन कार्यालय, गुल्मीका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणको लागि कुनै कार्यक्रम नभएको प्रतिक्रिया दिए । बाँदर नियन्त्रणको लागि अहिलेसम्म अपनाएका सबै उपाय दीगो नभएकोले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D