gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बहिनी समुहलाई बाख्रा उपाहार

हुमाकान्त पोखरेल
गुल्मी, ०५ असौज । गुल्मीको धुर्कोट गाउँपालिका –१ नयाँगाउँमा बहिनी समुहलाई उपहारस्वरुप बाख्रा प्रदान गरिएको छ । नयाँगाउँको पिठादी महिला उद्यम समुहले बहिनी समुह चेप्टेढुंगा महिला उद्यम समुलाई १९ वटा बीउ पाठी प्रदान गरेको हो । समुहका सदस्यले एक/एक वटाका दरले ६ देखि ८ महिनाका बीउ पाठी प्राप्त गरेको सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनाका धुर्कोट गाउँपालिका संयोजक शंकर नेपालीले जानकारी दिए ।

मंगलबार सिर्जनशिल सामुदायिक विकास केन्द्र र हेफर प्रोजेक्टद्धारा आयोजित कार्यक्रममा पाठी उपाहारस्वरुप प्रदान गरेको हो । सोही अवसरमा पिठादी महिला समुहलाई परम्परागत खोरमुक्त समुह घोषणा गरिएको छ । परम्परागत खोरको अन्त्य गरी समुहका सबै सदस्यको घरमा बाख्रापालनको आधुनिक खोर बनाएपछि समुहलाई परम्परागत खोरमुक्त घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले समुहलाई परम्परागत खोरमुक्त समुह घोषणा गरेका गरेको परियोजनाका संयोजक नेपालीले जानकारी दिए ।

धुर्कोटमा गाउँपालिकाको ७५ र हेफरको २५ प्रतिशत लगानी तथा सिर्जनशिल सामुदायिक केन्द्रको सहजिकरणमा बाख्रा विकास परियोजना लागु भएको छ । परियोजना धुर्कोट गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ, २ पिपलधारा, ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा संचालन भएको छ । हालसम्म परियोजनामा एक हजार ९५३ महिलाहरु आवद्ध छन् । परियोजना लागु भएपछि सुरुमा महिलाहरुको समुह बनाउने, समुहमा आवद्ध सदस्यहरुलाई आधारशिला तालिम, पशुको उचित व्यवस्थापन तालिम, समुह व्यवस्थापन जस्ता तालिम प्रदान गरिएको सिजर्ननशिल सामुदायिक विकास केन्द्रका परियोजना फोकल प्रसन नरेश भण्डारीले जानकारी दिए । त्यस्तै घाँस वितरण, तरकारीको बीउ, बीउ पाठी तथा बीउ बोका वितरण जस्ता कार्यमार्फत महिलाहरुलाई बाख्रापालनमा आकर्षित गरी उनीहरुको आर्थिक जिवनस्तर बृद्धि गर्नतर्फ उन्मुख भएको भण्डारीले बताए ।

नयाँगाउँकी गिता पोखरेलले पहिलेदेखि नै परम्परागत रुपमा बाख्रापालन गर्थिन । करिब दुई बर्षअगाडी गाउँपालिकाको सहयोगमा हेफर परियोजना लागु भएपछि भने उनको काम गर्ने शैलि फेरिएको छ । पहिले परम्परागत खोरमा बाख्रा पाल्दै आएकी उनले अहिले आधुनिक खोर बनाएकी छिन् । परियोजना लागु भएपछि घाँसको बीउ, दाना बनाउने तरिका, बाख्राको स्याहार–सुसार सम्बन्धि धेरै बिषयमा ज्ञान प्राप्त भएकोले अहिले मासु उत्पादनमा पनि बृद्धि भएको उनको भनाई छ । अघिल्लो बर्ष सवा दुई लाखका खसि र बोका बिक्रि गरेकी उनले यो बर्ष त्यो भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेकी छिन् । ‘परियोजनाले आधुनिक तरिकाबाट बाख्रा पाल्न सिकाएको छ ।’ उनले भनिन्, ‘बाख्रा पाल्ने सीपसँगै समुहमा काम गर्दा क्षमता विकास पनि भएको छ ।’ समुहमा आवद्ध भइसकेपछि सामुहीक भावनाको विकास भएको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष पोखरेलले कृषि र पशुपालनमा गाउँपालिका अत्मनिर्भर हुने उदेश्य राखेकोले परियोजनामा लगानी गरेको बताए । महिलारुको क्षमता विकास र आर्थिक विकासका लागि बाख्रा विकास परियोजनाको काम महत्वपूर्ण भएकोले बढीभन्दा बढी सक्रिय भएर लाग्न उनले आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D