gulminews logo
मंगलवार, २०८० चैत्र ६

बल्झिदै बालकाटे घटना, मुद्धा फेरेपछि गाउँबाटै एक्लिए पीडित परिवार

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख। रेसुङा नगरपालिका ६ बालकाटेको एक परिवार अभद्र व्यावहार मुद्धा फेरेर बलात्कार प्रयास दर्ता गरेपछि छिमेकबाट एक्लिएका छन् । बैशाख १८ गते बालकाटेकी १३ वर्षीया बालिकाले गाउँकै दाजु पर्नेले सेल्फि खिच्ने बहानामा बलात्कार प्रयास गरेको आरोप लगाइन् । आफ्नै दिदि मार्फत आफुलाई गरिएको व्याबहार आमालाई सुनाएपछि आरोपित परिवारमा कुरा गर्न पुगे । दुवै पक्ष भना–भन र कुटाकुट समेत गरे । पीडित परिवार बैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा आए । गाउँकै आफन्त र दलकै नेताहरुको सहमतिमा अभद्र व्यावहार मुद्धा दर्ता गरियो ।

अर्को दिन बालिकाकी आमाले आफुलाई जवरजस्ती निर्णयमा हस्ताक्षर गरेको भन्दै मिडियामा आउन थालेपछि जेठ १ गते पुन बलात्कार प्रयासमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए । आरोपित युवक बैशाख १८ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् । तर बलात्कार प्रयासको मुद्धामा साँक्षी बस्ने मान्छे नपाउने स्थिती आएको छ । शुक्रबार प्रहरीले अदालतमा मुद्धा पेश गर्न साँक्षी मागेको थियो । साँक्षी मुद्धा बलियो बनाउन थप प्रमाण हो । तर गाउँले र अभद्र व्यावहार मुद्धामा साँक्षी बसेकाहरुले समेत नमानेपछि आफु घर फर्किएको बालिकाकी आमाले गुनासो गरिन् ।

गाउँका उनकै छिमेकी र दाजुभाईहरुले रिसिबी साँध्न मुद्धा फेरेर अगाडी बढेको भन्दै साँक्षी नबसेपछि शनिबार अर्कै वडाबाट मान्छे समेत प्रहरीमा पुगे । तर प्रहरीले अर्को वडाको मान्छे साँक्षी बस्न नमिल्ने भनेर फर्काएको पीडित बालिकाको दाजुले गुनासो गरे । उनले अभद्रमा सवैले साथ दिए पनि बलात्कार प्रयास मुद्धा दर्तापछि गाउँमा कसैले साथ नदिएको बताए । ‘घटनाको बारेमा कुरा सोध्दा उल्टै आफुहरु माथि थप कुटपीट गर्ने स्थिती आएपछि प्रहरीमा पुग्यौ,’उनले भने,‘जवरजस्ती अभद्र लेखे तर पछि बलात्कार प्रयासमा दर्ता गरेका छौ ।’

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख राजेन्द्रसिंह खड्काले साँक्षी मुद्धा बलियो बनाउने प्रमाण भएपनि बालिकाको बयाननै महत्वपूर्ण हुने बताए । उनले आफुहरुले प्रक्रियाकै लागि साँक्षी मागेकाले त्यो नभए पनि मुद्धा पेश गर्न समस्या नहुने बताए । पीडित र पीडक दुई भाईको परिवार हो । उनीहरुबिच बर्षौदेखि मनमुटाव भएको स्थानीय बताउँछन् । अभद्र व्यावहार मुद्धाको साँक्षी समेत रहेका नेपाली कांग्रेस रेसुङा नगरपालिका ६ का सभापति केशव मरासिनी पनि बलात्कार प्रयास मुद्धामा साक्षी बस्न मानेन् । उनले पीडित बालिकाकी आमाले छिन–छिनमा कुरा फेर्ने र गाउँका कोहि पनि चाँहिदैन भनेर हिडेपछि आफु अर्को मुद्धामा नबसेको बताए । मरासिनीले पीडित र आरोपित परिवारकै आत्मआलोचनापछि सहमतिमा छलफल गरेर अभद्र मुद्धा दर्ता गरे पनि पछि बालिकाकी आमाले आफुहरुलाई अनेक आरोप लगाएको गुनासो गरे ।

‘गाउँ समाज र जनप्रतिनिधीलाई समेत अनेक आरोप लगाएर बिना प्रमाणको मुद्धा दर्ता गरिन,’उनले भने,‘आफु मात्रै नभएर सिङ्गो गाउँनै बलात्कार प्रयासको आरोपको बिरुद्धमा छन् ।’ सोहि गाउँका चित्रविर नेपालीले बालिका बलात्कार भएकोनै कुनै प्रमाण र आधार भए आफुहरुनै मुद्धा बोकेर प्रहरीको जानुपर्ने अवस्था भएकाले पुर्खौको साँध सिमनाको रिसिबी ल्याएर अहिले कसैलाई पसाउन नहुने बताए । आरोपित युवाकी दिदिले आफुहरुलाई पुरानो बिवादका कारण मुद्धा थप्दै दुख दिने काम भएकाले सत्यतथ्य छानविन गर्न माग गरेकी छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D